समाचार

नेताहरुलाइ गाली गरेको भन्दै टिकटकर रमा बस्नेत पक्राउ

काठमाडौँ, १ असार । सामाजिक सञ्जाल टिकटकमा राजनीतिक नेतृत्वप्रति आपत्तिजनक टिप्पणी गरेको र साम्प्रदायिक भावना भड्काएको आरोपमा प्रहरीले एक महिला प्रयोगकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङ हलेसी तुवाचुङ नगरपालिका–६ घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया रमा बस्नेत रहेकी छन्। साइबर ब्युरोका एसपी दीपक राज अवस्थीका अनुसार बस्नेतलाई आइतबार पक्राउ गरिएको हो। … Continue reading नेताहरुलाइ गाली गरेको भन्दै टिकटकर रमा बस्नेत पक्राउ

थप पढ्नुहोस् »

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड: समावेशी विकास, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

दाङ, ३२ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशनको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गरेका हुन्। मन्त्री कार्कीका अनुसार कुल बजेटमध्ये १२ अर्ब १ करोड ४७ लाख ८६ हजार रुपैयाँ … Continue reading लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड: समावेशी विकास, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

थप पढ्नुहोस् »

भारतीय पुरुष र नेपाली महिला मृत फेला

काठमाडौँ,१ असार । काठमाडौँमा भारतीय पुरुष र नेपाली महिला मृत फेला परेका छन् । बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटस्थित एक निजी निवासमा एक भारतीय नागरिक र नेपाली महिला मृत फेला परेका छन्। थ्री–स्टार किडजोन स्कुलको परिसरभित्र रहेको सुनिता सिंह ठकुरीको घरमा भारतको चन्डिगढ निवासी अन्दाजी ५४ वर्षीय परमनारायण गिल र हाल सोही घरमा काम गर्दै आएकी धादिङकी … Continue reading भारतीय पुरुष र नेपाली महिला मृत फेला

थप पढ्नुहोस् »

बजेट प्रस्तुत हुँदै गर्दा कर्णालीमा योजना बैंक विवादः प्रदेशसभा अनिश्चित

सुर्खेत,१ असार । कर्णाली प्रदेशमा बजेट निर्माणको प्रक्रियालाई लिएर विवाद चुलिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारमाथि योजना बैंकमार्फत अपारदर्शी तरिकाले बजेट ल्याउन खोजेको आरोप लगाउँदै आज दिउँसो ३ बजे बस्ने भनिएको प्रदेश सभा बैठकमा सहभागी नहुने निर्णय गरेको छ । यससँगै बैठक अनिश्चित बनेको हो । माओवादी संसदीय दलका प्रमुख … Continue reading बजेट प्रस्तुत हुँदै गर्दा कर्णालीमा योजना बैंक विवादः प्रदेशसभा अनिश्चित

थप पढ्नुहोस् »

राप्रपाले बैठक बहिष्कार गर्दै भन्यो‘दादागिरी बन्द गर्नुस्’

काठमाडौँ,१ असार । विरोधको वातावरणमा प्रतिनिधिसभा बैठक सञ्चालन गरिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ। सभामुख देवराज घिमिरेले विपक्षी दलको विरोधकै बीच बैठक सञ्चालन गरेपछि असन्तुष्टि जनाउँदै राप्रपाले बैठक बहिष्कार गर्ने निर्णय लिएको हो। रास्वपाले वेल घेराउ गरे पनि राप्रपाका सांसदहरू उभिएर विरोध जनाएका थिए। तर, सभामुख घिमिरेले बैठक … Continue reading राप्रपाले बैठक बहिष्कार गर्दै भन्यो‘दादागिरी बन्द गर्नुस्’

थप पढ्नुहोस् »

सुतिरहेका श्रीमानको हत्या

अर्घाखाँची, १ असार । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–३ शिख्र गाउँमा घरायसी विवादका कारण एक महिलाले आफ्ना श्रीमानको हत्या गरेकी छन्। शनिबार राति सुतिरहेका श्रीमानलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो। ३८ वर्षीय रामु कुमाललाई उनकी २७ वर्षीया पत्नी मेखमाया कुमालले राति करिब साढे १२ बजे टाउको पछाडिबाट दाउ प्रहार गरी हत्या गरेकी हुन्। … Continue reading सुतिरहेका श्रीमानको हत्या

थप पढ्नुहोस् »

लुम्बिनीमा बजेट अस्तब्यस्तः अन्तिममा योजना थप्ने कसरत, बजेटको आकार ४२ अर्ब पुग्ने अनुमान

दाङ,१ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२्०८३ का लागि ल्याउन लागेको छ । अन्तिम समयमा आएर लुम्बिनीमा बजेट अस्त्त ब्यस्त देखिएको छ । मुख्यमन्त्री र अर्थ मन्त्रीले अन्तिममा आर्थिक नीति बलियो बनाउन नसक्दा बजेट अस्तब्यस्त देखिएको हो । वार्षिक बजेटमा योजना थप्ने चलखेल अहिले पनि भएको छ । दिँउसो ३ वजे बस्ने … Continue reading लुम्बिनीमा बजेट अस्तब्यस्तः अन्तिममा योजना थप्ने कसरत, बजेटको आकार ४२ अर्ब पुग्ने अनुमान

थप पढ्नुहोस् »

अश्लील भिडियो बनाएर धम्क्याउने दुई युवक पक्राउ

काठमाडौ,१ असार । प्रहरीले अश्लील भिडियो बनाएर युवतीलाई धम्की दिएको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा संखुवासभा स्थित भोजपुरको षडानन्द नगरपालिका–१ निवासी २९ वर्षीय सुजन भुजेल र २२ वर्षीय विपल राई रहेका छन्। संखुवासभाकी एक युवतीको उजुरीको आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक अभिषेक कुमार श्रेष्ठले जानकारी … Continue reading अश्लील भिडियो बनाएर धम्क्याउने दुई युवक पक्राउ

थप पढ्नुहोस् »

भूमे पर्वले प्रदेशको सांस्कृतिक पहिचान झल्काउँछ : मुख्यमन्त्री आचार्य

दाङ, असार १ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मगर समुदायले प्रमुख रूपमा मनाउने मौलिक भूमे (भूम्या) पर्वको अवसरमा प्रदेशवासीलाई शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री आचार्यले जारी गरेको शुभकामना सन्देशमा प्रदेशको विविध संस्कृति, परम्परा र पहिचानलाई समेट्दै यस्ता मौलिक चाडपर्वहरूले सामाजिक सद्भाव र सांस्कृतिक पहिचानको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरिएको छ। “हाम्रा मौलिक संस्कार, … Continue reading भूमे पर्वले प्रदेशको सांस्कृतिक पहिचान झल्काउँछ : मुख्यमन्त्री आचार्य

थप पढ्नुहोस् »

केदारनाथमा हेलिकप्टर दुर्घटना: सबैजनाको मृत्यु

काठमाडौँ ,१ असार । भारतको उत्तराखण्ड राज्यस्थित केदारनाथ धाममा हेलिकप्टर दुर्घटना भएको छ। आज बिहान भएको हेलिकप्टर दुर्घटनामा चालकसहित ७ जनाको मृत्यु भएको छ। देहरादूनबाट केदारनाथतर्फ जाँदै गरेको आर्यन कम्पनीको हेलिकप्टर त्रिजुगीनारायण नजिकै दुर्घटनाग्रस्त भएको हो। गौरीकुण्ड क्षेत्रको गौरीमाई खर्कमाथिको जङ्गलमा खसेको उक्त हेलिकप्टरमा रहेको सबै यात्रुको घटनास्थलमै मृत्यु भएको पुष्टि जिल्ला विपद् व्यवस्थापन अधिकारी … Continue reading केदारनाथमा हेलिकप्टर दुर्घटना: सबैजनाको मृत्यु

थप पढ्नुहोस् »