समाचार

माओवादी केन्द्रको संसदीय बैठक सुरु

काठमाडौँ,१७ माघ। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरु भएको छ। बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बैठक सुरु भएको हो। शुक्रबारबाट हिउँदे अधिवेशन सुरु हुँदै छ। त्यसै सन्दर्भमा प्रमुख प्रतिपक्षबाट आफ्ना आवाजहरु एक भएर उठाउन दबाब दिनेसहितका एजेण्डाहरु र अध्यादेशको बारेमा विरोध गर्ने बारेमा छलफल हुने र सांसदहरुलाई प्रशिक्षित गर्नेलगायतका एजेण्डाहरु … Continue reading माओवादी केन्द्रको संसदीय बैठक सुरु

थप पढ्नुहोस् »

अमेरिकी एयरलाइन्सको विमान दुर्घटना:हालसम्म १८ जनाको शव फेला

काठमाडौं, १७ माघ । अमेरिकाको राजधानी वासिङ्टन डीसीमा विमान हेलिकोप्टरसँग ठोक्किएको घटनामा अहिलेसम्म १८ जना मृत भेटिएका छन् । सीबीएस न्यूजकाअनुसार नदीबाट १८ वटा शव निकालिएको छ । खोजी कार्यमा रहेको टोलीले अहिलेसम्म कुनै पनि जीवित व्यक्ति फेला पारेको छैन । स्थानीय समयअनुसार राति ९ बजे रेगन वाशिङटन राष्ट्रिय विमानस्थलनजि विमान हेलिकोप्टरसँग ठोक्किएको थियो । … Continue reading अमेरिकी एयरलाइन्सको विमान दुर्घटना:हालसम्म १८ जनाको शव फेला

थप पढ्नुहोस् »

कांग्रेस तुलसीपुर ६ को सम्मेलन, सबै क्षेत्रको विकासमा कांग्रेस भेटिन्छ : पूर्व मुख्यमन्त्री चौधरी

दाङ,१६ माघ । नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ इकाई समितिले सहिद दिवसको अवसरमा वडा सम्मेलन तथा जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान कार्यक्रम गरेको छ। वडा सभापति प्रताप खत्रीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीको प्रमुख अतिथितामा एवं नेपाली कांग्रेस जिल्ला प्रतिनिधि केशव आचार्यको विशिष्ट आतिथ्यतामा कार्यक्रम … Continue reading कांग्रेस तुलसीपुर ६ को सम्मेलन, सबै क्षेत्रको विकासमा कांग्रेस भेटिन्छ : पूर्व मुख्यमन्त्री चौधरी

थप पढ्नुहोस् »

झुलेनी सेवा समाजको रक्तदान कार्यक्रम

दाङ,१६ माघ। झुलेनी सेवा समाज नेपाल दाङले रक्तदान कार्यक्रम गरेको छ। आफ्नो संस्थाको स्थापना दिवस तथा सहिद दिवसको अवसर पारेर झुलेनी सेवा समाजले रक्तदान कार्यक्रम गरेको हो। बुधबार झुलेनी सेवा समाजका अध्यक्ष दुर्गाप्रसाद भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक बिमल केसीको प्रमुख अतिथितामा उक्त कार्यक्रम भएको थियो। जनस्वास्थ्य निरीक्षक केसीले रक्तदान जस्तो मानव सेवासँग … Continue reading झुलेनी सेवा समाजको रक्तदान कार्यक्रम

थप पढ्नुहोस् »

भट्टराईको संयोजकत्वमा ‘सरुवा बञ्चित संघर्ष समिति’ गठन

दाङ,१६ माघ । शिक्षामन्त्री सुमना श्रेष्ठद्वारा जारी गरिएको शिक्षक सरुवा निर्देशिका २०८१ का कारण नवप्रवेशी शिक्षकहरू सरुवा अधिकारबाट वञ्चित भएको भन्दै शिक्षक संगठित भएका छन्। सरुवा सम्बन्धी अन्याय विरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने गरी शिक्षक नेत्रलाल भट्टराईको संयोजकत्वमा ‘सरुवा बञ्चित केन्द्रीय तदर्थ समिति’ गठन गरिएको छ। समितिले उक्त निर्देशिकाले ५०औं हजारभन्दा बढी नवप्रवेशी शिक्षकलाई कनिष्ठताको … Continue reading भट्टराईको संयोजकत्वमा ‘सरुवा बञ्चित संघर्ष समिति’ गठन

थप पढ्नुहोस् »

शहीदहरूको सम्झनामा तुलसीपुर जेसिजको दीप प्रज्वलन

दाङ,१६ माघ। तुलसीपुर नगर जेसीजले शहीदहरूको सम्मान र सम्झनामा दीप प्रज्वलन गरेको छ। तुलसीपुर नगर जेसिजका कार्यबाहक अध्यक्ष केशवराज न्यौपानेको अध्यक्षता तथा बालरोग विशेषज्ञ डाक्टर किशोर खत्रीको प्रमुख आतिथ्यतामा दिप प्रज्वलन कार्यक्रम गरी सहित दिवस मनाएको हो। दीप प्रज्वलन कार्यक्रममा डाक्टर खत्रीले सपना देखेर आहुति दिएका शहीदहरूको सपना पूरा गर्नुपर्ने जिम्मेवारी वर्तमान पुस्ताको रहेको बताएका … Continue reading शहीदहरूको सम्झनामा तुलसीपुर जेसिजको दीप प्रज्वलन

थप पढ्नुहोस् »

नेपाल स्वास्थ प्राविधिक संघ दाङ देशकै उत्कृष्ट

दाङ, १६ माघ । नेपाल स्वास्थ्य प्राविधिक संघ (PAN) जिल्ला शाखा दाङ देशकै सर्वोउत्कृष्ट शाखा घोषित भएको छ। संघको राष्ट्रिय परिषद भेलामा बुधबार दाङ शाखालाई उत्कृष्ट शाखाको रूपमा सम्मान गरिएको हो। समारोहमा संघद्वारा सञ्चालित हरेक कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै स्थानीयस्तरमा उल्लेखनीय योगदान पुर्‍याएबापत दाङ जिल्ला शाखालाई प्रशंसा पत्रसहित सम्मान गरिएको हो। संघका अध्यक्ष दोर्ण बहादुर … Continue reading नेपाल स्वास्थ प्राविधिक संघ दाङ देशकै उत्कृष्ट

थप पढ्नुहोस् »

आगलागी हुँदा ७५ वर्षीय वृद्धको मृत्यु

डोल्पा,१६ माघ । आगलागीमा परि डोल्पामा ७५ वर्षीय एक वृद्धको मृत्यु भएको छ।जिल्लाको मुड्केचुला गाउँपालिका–४ ईलस्थित एक घरमा बुधबार बिहान भएको आगलागीमा उनको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार बादी सार्कीको घरमा आगलागी हुँदा उनको सुतेकै अवस्थामा जलेर मृत्यु भएको हो। अस्वस्थताका कारण घरभित्रै अगेनाको नजिक सुतेका सार्कीको ओढेको बल्ङ्केट चुलोमा परेर आगलागी … Continue reading आगलागी हुँदा ७५ वर्षीय वृद्धको मृत्यु

थप पढ्नुहोस् »

सडक मानवका लागि फेन्सी सहयोग

दाङ,१६ माघ। बेवारिसे सडक मानवका लागि रेडिमेड तथा फेन्सी व्यवसायीहरुले सहयोग गरेका छन् । घोराही उपमहानगरपालिका–१० मा रहेको मानवसेवा घरमा आश्रय लिएका बेवारिसे सडक मानवहरूका लागि रेडिमेड तथा फेन्सी व्यवसायी समितिले कपडा सहयोग गरेको हो। मानव कल्याण समाजले सञ्चालन गरेको सेवा घरका बासिन्दाहरूलाई लक्षित गर्दै व्यवसायीहरूले संकलन गरेका कपडाहरू वितरण गरिएको हो। रेडिमेड तथा फेन्सी … Continue reading सडक मानवका लागि फेन्सी सहयोग

थप पढ्नुहोस् »

विपिन जोशीको रिहाइका लागि इजराइली सरकारसँग देउबाको आग्रह

काठमाडौं,१६ माघ। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विपीन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायली सरकारसँग आग्रह गरेका छन्। नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् सभापति देउवाले इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी जोशीको रिहाइका लागि आग्रह गरेका हुन्। नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय … Continue reading विपिन जोशीको रिहाइका लागि इजराइली सरकारसँग देउबाको आग्रह

थप पढ्नुहोस् »