समाचार

आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यमलाई कारबाही

काठमाडौं,१२ पुस। पत्रकारितामा आचारसंहिता उल्लङ्घन गरेको भन्दै प्रेस काउन्सिल नेपालले विभिन्न सञ्चारमाध्यमलाई कारबाही गरेको छ। प्रेस काउन्सिलले पत्रकार आचार संहिता उल्लङ्घन गरेका दुई अनलाइन सञ्चारमाध्यम डिओपोष्ट डट्कम र हेर्दाहेर्दै डट कमलाई कालोसूचीमा राखी कारबाही गरेको हो। दियोपोष्टले व्यक्तिको चरित्र हत्या गर्ने, धम्कीपूर्ण व्यवहार गर्ने, र बार्गेनिङ गर्ने जस्ता काम गरेको भन्दै कारबाही गरिएको हो। यसविरुद्ध … Continue reading आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यमलाई कारबाही

थप पढ्नुहोस् »

क्यानबाट विदाई हुँदै प्रमुख प्रशिक्षक मोन्टी

काठमाडौं,१२ पुस। । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई बिदा गर्ने तयारी गरेको छ । दुई वर्षको सम्झौता सकिएपश्चात् उनलाई निरन्तरता नदिने निष्कर्षमा क्यान पुगेको हो । देसाई २०७९ माघमा मासिक १५ हजार डलर पारिश्रमिक र अन्य सुविधा पाउने गरी प्रमुख प्रशिक्षक नियुक्त भएका थिए । उनी प्रशिक्षक बनेसँगै नेपालले … Continue reading क्यानबाट विदाई हुँदै प्रमुख प्रशिक्षक मोन्टी

थप पढ्नुहोस् »

भेरी–बबई डाइभर्सनको काममा तीव्रता दिन मुख्यमन्त्रीको आग्रह

बर्दिया, १२ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाकाे कामलाई गति प्रदान गर्ने बारेमा आयाेजना कार्यान्वयन सम्बद्ध पक्ष संग छलफल गरेका छन् । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना साइड कार्यालय हात्तिखाल सुर्खेतमा शुक्रबार छलफल गरेका मुख्यमन्त्री आचार्यले आयाेजनाकाे कामलाई गति प्रदान गर्न आवश्यक रहेकाे र त्यस तर्फ जुट्न ध्यानाकर्षण गराएका छन् … Continue reading भेरी–बबई डाइभर्सनको काममा तीव्रता दिन मुख्यमन्त्रीको आग्रह

थप पढ्नुहोस् »

भ्रष्टाचारमुक्त प्रदेश बनाउन सरकार प्रतिबद्ध छ:मुख्यमन्त्री आचार्य

दाङ,११ पुस। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न लागि परेकाे बताएका छन् । सुशासन, पारदर्शिता कायम राख्न भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न प्रदेश सरकार लागि परेकाे बताएका हुन् । गैरसरकारी संस्था महासंघ नेपाल लुम्बिनी प्रदेश समितिले दाङकाे लमहीमा बिहिवार आयाेजना गरेकाे प्रदेशस्तरीय नागरिक सम्मेलनकाे उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सुशासन … Continue reading भ्रष्टाचारमुक्त प्रदेश बनाउन सरकार प्रतिबद्ध छ:मुख्यमन्त्री आचार्य

थप पढ्नुहोस् »

दलित विधेयकको माग गर्दै मुख्यमन्त्री कार्यालयमा धर्ना

सुर्खेत,११ पुस। मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अगाडि ४ जना युवाहरू धर्ना बसेका छन् । कर्णाली प्रदेश सरकारले ६ वर्षदेखि दलित विधेयक अलपत्र पारेको भन्दै उनीहरु १० दिनदेखि धर्नामा बसेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि दलित युवाहरू विधेयक माग्दै धर्नामा बसेका हुन् । दलित विधेयक तत्काल निर्माणको माग राख्दै आफूहरू यही पुस २ गतेबाट … Continue reading दलित विधेयकको माग गर्दै मुख्यमन्त्री कार्यालयमा धर्ना

थप पढ्नुहोस् »

जिप दुर्घटना हुँदा एकजनाको मृत्यु , नौ जना घाइते

काठमाडौं ,११ पुस। भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान जानुका साथै ९ जना घाइते भएका छन्। भोजपुर नगरपालिका–५ डाँडाटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको जिप बिहीबार बिहान दुर्घटना हुँदा एकको ज्यान जानुका साथै ९ जना घाइते भएको भोजपुर प्रहरीले जनाएको छ। घाइतेमध्ये तीनको अवस्था गम्भीर छ। उनीहरूलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ। अन्यको … Continue reading जिप दुर्घटना हुँदा एकजनाको मृत्यु , नौ जना घाइते

थप पढ्नुहोस् »

सिरियाको झडपमा १७ जनाको मृत्यु

काठमाडौं,११ पुस।सिरियामा भएको झडपमा १७ जनाको मृत्यु भएको छ। बुधबार टार्टस प्रान्तमा सुरक्षा बलले अपदस्थ नेता बशर अल–असदको नेतृत्वमा एक अधिकारीलाई पक्राउ गर्न खोजेपछि भएको झडपमा १७ जनाको मृत्यु भएको बताइएको छ । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले सिरियाको नयाँ अधिकारीहरूका ‘सामान्य सुरक्षा बलका १४ सदस्य’ र ‘तीन सशस्त्र व्यक्ति’ खिरबेट अल–माजामा मारिएको बताएको छ … Continue reading सिरियाको झडपमा १७ जनाको मृत्यु

थप पढ्नुहोस् »

गाडिएको अवस्थामा एक महिलाको शव फेला

धनुषा,११ पुस। हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। धनुषा जिल्लाको मिथिला नगरपालिका- ३ हरिपुरका दशैया मुखिया बिनकी श्रीमती ४८ वर्षीया रेशमी देवी बिनको शव गाडिएको अवस्थामा भेटिएको हो । उनको शव बुधबार साँझ ७ बजेतिर आफ्नै घरको शौचालय पछाडि गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मंगलबारदेखि हराइरहेकी रेश्मीको खोजतलास … Continue reading गाडिएको अवस्थामा एक महिलाको शव फेला

थप पढ्नुहोस् »

यस्तो छ आजको मौसम

काठमाडौं ,११ पुस। मुख्यतया आजको मौसम सफा रहनेछ। पश्चिमी वायुको साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । पहाडी क्षेत्रमा … Continue reading यस्तो छ आजको मौसम

थप पढ्नुहोस् »

अटो दुर्घटना हुँदा एकजनाको मृत्यु , दुई घाइते

दाङ,१० पुस। दाङमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि दुईजना घाइते भएका छन्। बुधबार गढवा गाउँपालिका वडा नम्बर ५ कक्रहवा स्थित गढवा कोइलाबास सडकखण्डमा भएको दुर्घटनामा परि एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवा प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिए। राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैयाबाट कोइलावासतर्फ जाँदै गरेको रा … Continue reading अटो दुर्घटना हुँदा एकजनाको मृत्यु , दुई घाइते

थप पढ्नुहोस् »