समाचार

आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

दाङ, ४ भदौ  । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम … Continue reading आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

थप पढ्नुहोस् »

पहिरोमा परि तीनजनाको मृत्यु

जाजरकोट,३ भदौ । जाजरकोटमा भूकम्पपीडित बस्दै आएको अस्थायी टहरामा पहिरो खसेको छ । आइतबादेखि परेको वर्षाका कारण आएको उक्त पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिका-२, माझगाउँमा भूकम्पका कारण निर्मित अस्थायी टहरा पहिरोले पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी … Continue reading पहिरोमा परि तीनजनाको मृत्यु

थप पढ्नुहोस् »

आज जनैपूर्णिमा, रक्षाबन्धन पर्व

दाङ, ३ भदौ । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां … Continue reading आज जनैपूर्णिमा, रक्षाबन्धन पर्व

थप पढ्नुहोस् »

शान्तिनगर गाउँपालिकाको मुख्यालय जुम्लेकुला सारियो

दाङ, २ भदौ । दाङको शान्तिनगर गाउँपालिकाको मुकाम परिवर्तन भएको छ । स्थापना देखि पालिकाको मुकाम रहेको स्थानबाट नयाँ ठाउँमा कार्यालय सारिएको हो । शान्तिनगर वडा नं ४ चिराघाटमा रहेको कार्यालय जुम्लेकुलामा सारिएको हो । आइतबारबाट कार्यालय सारिएको मंगलबारबाट नयाँ  ठाउँबाट सेवा दिइने  अध्यक्ष प्रमोद बस्नेतले बताए ।  ४ बर्ष अघि पालिकाको मुख्यालय सार्ने निर्णय … Continue reading शान्तिनगर गाउँपालिकाको मुख्यालय जुम्लेकुला सारियो

थप पढ्नुहोस् »

नेसंबिका उपकुलपति लामिछानेको राजीनामा

दाङ , २ भदौ । नेपाल संस्कृत विश्वविद्यायलमा उपकुलपति यादवप्रसाद लामिछानेले राजीनामा दिएका छन । उनको राजीनामा कुलपती तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत गरेका छन् । उपकुलपति लामिछानेले कुलपति रहेका प्रधानमन्त्रीसमक्ष साउन २७ गते राजीनामा दिएका थिए । उनको राजीनामा आइतबार  स्वीकृत भएको हो । संस्कृत विश्वविद्यालयमा उपकुलपति लामिछाने र कुल सचिव माधव अधिकारीबीच … Continue reading नेसंबिका उपकुलपति लामिछानेको राजीनामा

थप पढ्नुहोस् »

एक वर्षमा साढे १४ खर्ब रेमिट्यान्स भित्रियो

दाङ,२ भदौ । राष्ट्र बैंकको यो आंकडा अनुसार यस आवमा मासिक १ खर्ब २० अर्ब रुपैयाँले रेमिट्यान्स भित्रिएको छ । आव २०७९/८० मा रेमिट्यान्स २३.२ प्रतिशतले बढेको थियो ।अमेरिकी डलरमा रेमिट्यान्स यस वर्ष १० अर्ब ८६ करोड भित्रिएको छ । यो गत आवको तुलनामा १४.५ प्रतिशत धेरै हो । अघिल्लो आवमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह … Continue reading एक वर्षमा साढे १४ खर्ब रेमिट्यान्स भित्रियो

थप पढ्नुहोस् »

अब राष्ट्रिय परिचयपत्रमै लाईसेन्स

दाङ,१ भदौ । संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सातै प्रदेशका यातायात मन्त्रालय विच यातायात क्षेत्रलाई व्यवस्थित बनाउनका लागि प्रदेशलाई अधिकार प्रत्यायोजन गर्ने गरि विविध सहमती भएका छन् । सेवाग्राहीले भोग्दै आएको समस्या समाधानका लागि प्रदेश तहले नै आवश्यक कामकारवाही गर्ने गरि संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र सात वटै प्रदेशका … Continue reading अब राष्ट्रिय परिचयपत्रमै लाईसेन्स

थप पढ्नुहोस् »

उद्योगको बिजुली काटिनु घाटी काट्नु सरह हो:उर्जामन्त्री

काठमाडौं,१ भदौ । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योगमा बिजुलीको लाइन काट्नु भनेको घाँटी काट्नु सरह भएको बताएका छन्। शनिबार नेपाल विद्युत प्राधिकरणको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगीहरूलाई अन्य कारबाही गर्ने व्यवस्था हुँदाहुँदै विद्युत प्राधिकरण अन्तिम निर्णायमा पुगेर लाइन काटेको आरोप लगाए। “कसैले विद्युत प्रयोग गरेबापत पैसा … Continue reading उद्योगको बिजुली काटिनु घाटी काट्नु सरह हो:उर्जामन्त्री

थप पढ्नुहोस् »

स्टार्टअप उद्यम कर्जा कार्यविधि कार्यान्वयन

काठमाडौँ,१ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएको उद्यमीलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्दै सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेसम्बन्धी कार्यलाई सरल, स्पष्ट र पारदर्शी बनाउन जनाउँदै मन्त्रालयले गत साउन ३० गते कार्यविधि स्वीकृत गरेको हो । … Continue reading स्टार्टअप उद्यम कर्जा कार्यविधि कार्यान्वयन

थप पढ्नुहोस् »

सूचनामा नागरिकसंग राज्य जोडिनु पर्छ : सभामुख घर्ती

दाङ,१ भदौ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले राज्यको निकायले सूचनाको हकलाई नजिकबाट हेर्नुपर्ने बताएका छन् । नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रतालाई मौलिक हकका रुपमा परिभाषित गरेको भन्दै हरेक निकायले जनस्तरमा पुग्नेगरि सुचनाको हक प्रत्याभूत गरिनु पर्ने बताए । सन्चारिका समूह नेपालको आयोजना तथा द एशिया फाउन्डेसन नेपालको प्राविधिक सहयोग र सामुदायिक सारथीको सहकार्यमा … Continue reading सूचनामा नागरिकसंग राज्य जोडिनु पर्छ : सभामुख घर्ती

थप पढ्नुहोस् »