समाचार

खोलामा बग्दै गरेका बालकको सकुशल उद्धार

दाङ,३० साउन। दाङमा खोलामा बग्दै गरेका पाँच वर्षीय बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ। घोराही उपमहानगरपालिका-१८ ढोरेनीका ५ वर्षीय सुमन परियारलाई प्रहरीले खोलामा बगिरहेको अवस्थामा उद्धार गरेको हो। खारखोलीबाट बालक बगेको खबर पाएपछि वडा प्रहरी कार्यालय घोराहीबाट प्रहरी निरीक्षक नवराजबहादुर शाहीको कमाण्डमा सात जनाको टोली घटनास्थलतर्फ गएको थियो। प्रहरीले गोदारी भन्ने स्थानमा खोलामा बग्दै गरेका … Continue reading खोलामा बग्दै गरेका बालकको सकुशल उद्धार

थप पढ्नुहोस् »

पुराना शक्ति फेरि जुर्मुराउनु विडम्बना होः भट्टराई

काठमाडौ,३० साउन। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जेनजी विद्रोहपछि पनि पुराना राजनीतिक शक्ति फेरि सक्रिय हुनु र नयाँ शक्तिहरू अलमलिएको देखिनु विडम्बनापूर्ण भएको बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले बाह्य रूपमा बढ्दै गएको भूराजनीतिक तनाव र देशभित्र लामो समयदेखि रहेको आर्थिक, राजनीतिक तथा सामाजिक समस्या कुनै पनि बेला विस्फोट हुनसक्ने अवस्था रहेको बताएका हुन्। … Continue reading पुराना शक्ति फेरि जुर्मुराउनु विडम्बना होः भट्टराई

थप पढ्नुहोस् »

विद्यार्थीलाई खिर र शैक्षिक सामग्री वितरण

दाङ,३० साउन । लायन्स क्लब अफ दाङले जनता आधारभूत विद्यालय हर्नेटीका विद्यार्थीलाई खिर तथा शैक्षिक सामग्री वितरण गरेको छ। लायन्स क्लब अफ दाङको आयोजनामा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत १०६ जना विद्यार्थीलाई खिर खुवाउनुका साथै कापी, कलम, वर्णमाला किताब, भलिबल र फुटबल वितरण गरिएको हो। कार्यक्रम लायन्स क्लब अफ दाङका अध्यक्ष लोकबहादुर विष्टको अध्यक्षता तथा लायन्स … Continue reading विद्यार्थीलाई खिर र शैक्षिक सामग्री वितरण

थप पढ्नुहोस् »

पहिरोले स्काभेटर पुरिँदा चालक घाइते

दाङ,२९ साउन। सल्यानको कपुरकोट गाउँपालिका-५ खारखोलामा पहिरो खस्दा सडक स्तरोन्नतिको काममा प्रयोग भइरहेको स्काभेटरमा क्षति पुगेको छ भने चालक घाइते भएका छन्। राप्ती राजमार्गअन्तर्गत सडक स्तरोन्नतिको काम भइरहेका बेला बिहान करिब ८ः५० बजे माथिबाट गिलो लेदोसहितको पहिरो खसेर भे १-००३ क ७३२१ नम्बरको स्काभेटरको अगाडिको हाइड्रोलिक भाग पुरिएको हो। पहिरोले स्काभेटरको सिसा फुट्नुका साथै बोनट … Continue reading पहिरोले स्काभेटर पुरिँदा चालक घाइते

थप पढ्नुहोस् »

तुलसीपुरमा कुलोमा बगेर तीन वर्षीय बालकको मृत्यु

दाङ,२९ साउन। दाङको तुलसीपुरमा कुलोमा बगेर तीन वर्षीय बालकको मृत्यु भएको छ। सल्यान घर भई तुलसीपुर उपमहानगरपालिका–६ अटोभिलेजनजिक आमासँगै डेरामा बस्दै आएका सुशिल विक बिहीबार साँझ स्थानीय कुलोमा बगेका थिए। कुलोमा बगेका बालकलाई तुलसीपुर–६ गौलौरास्थित नालामा अचेत अवस्थामा फेला पारिएको थियो। प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको थियो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी … Continue reading तुलसीपुरमा कुलोमा बगेर तीन वर्षीय बालकको मृत्यु

थप पढ्नुहोस् »

आवश्यकताभन्दा बढी ग्यास नराख्न निगमको आग्रह

काठमाडौ,२९ साउन। नेपाल आयल निगमले होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस तथा अन्य व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको छ। बजारमा ग्यासको आपूर्ति पर्याप्त हुँदाहुँदै पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो बढेपछि निगमले यस्तो आग्रह गरेको हो। निगमका अनुसार असार ३१ गतेदेखि १४ दशमलव २ किलोग्राम क्षमताका भरिएका एलपी ग्यास सिलिन्डर … Continue reading आवश्यकताभन्दा बढी ग्यास नराख्न निगमको आग्रह

थप पढ्नुहोस् »

रोल्पामा पहिरोमा परी चारजना बेपत्ता

रोल्पा,२९ साउन। पहिरोले घर पुर्दा रोल्पानमा चारजना बेपत्ता भएको आशँका गरिएको छ । बिहिबार राति दुई घर पहिरोले पुरिदा उनीहरु बेपत्ता भएका हुन्। जिल्लाको सुनछहरी गाउँपालिका – २ को विर्छ र फालाबाङमा गरि दुई घर पहिरोले पुरेको हो। वडा नं. २ का वडा अध्यक्ष कृष्णबहादुर बुढाले वडाको विर्छमा पहिरोले एउटा घर पुर्दा ६० देखि ६५ … Continue reading रोल्पामा पहिरोमा परी चारजना बेपत्ता

थप पढ्नुहोस् »

सौरवको ‘लज्जावती’ शुक्रबारदेखि हलमा

दाङ,२८ साउन। दाङका युवा सौरव वलीद्वारा निर्मित चलचित्र ‘लज्जावती’ भोली शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ। राजबहादुर सानेको निर्देशनमा बनेको चलचित्र प्रेमकथामा आधारित रहेको निर्माण पक्षले जनाएको छ। चलचित्रमा प्रेम, भावना र जीवनका विभिन्न उतारचढावलाई प्रस्तुत गरिएको छ। चलचित्र पत्रकार संघ दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा संघका केन्द्रीय सदस्य ध्रुवराज न्यौपानेले दाङकै … Continue reading सौरवको ‘लज्जावती’ शुक्रबारदेखि हलमा

थप पढ्नुहोस् »

रोल्पा पहिरो: मृत्यु हुनेको संख्या चार पुग्यो, अझै ८ जना बेपत्ता

रोल्पा,२८ साउन। रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। जिल्लाको थबाङ गाउँपालिका-५ कोटलबारामा गएराति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको हो । पहिरोमा परेर अझै आठ जना बेपत्ता छन् भने दुई जना घाइते भएका छन्। गएराति पौने ९ बजे घरमाथिबाट अचानक खसेको पहिरोले स्थानीयका ६ वटा घर तथा गोठ पुरेको थियो। … Continue reading रोल्पा पहिरो: मृत्यु हुनेको संख्या चार पुग्यो, अझै ८ जना बेपत्ता

थप पढ्नुहोस् »

प्यूठानका विभिन्न खोला किनारमा पाँच शव फेला

प्यूठान,२८ साउन । प्यूठानका विभिन्न खोला किनारमा बिहीबार बिहान पाँच जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये तीन पुरुष र दुई महिलाको रहेको प्रहरीले जनाएको छ। बिहान करिब साढे ७ बजे स्वर्गद्वारी नगरपालिका-९ जुडापाटास्थित माडी खोला किनारमा अन्दाजी १३ वर्षीय बालकको शव फेला परेको थियो। त्यसपछि स्वर्गद्वारी नगरपालिका-३ किमिचौरस्थित माडी खोला किनारमा शरीरको माथिल्लो … Continue reading प्यूठानका विभिन्न खोला किनारमा पाँच शव फेला

थप पढ्नुहोस् »