समाचार

तुलसीपुरमा आज मात्रै १० जनामा कोरोना पुष्टि

दाङ। तुलसीपुरमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  प्रतिष्ठान र नेपालगन्ज मेडिकल कलेज तथा काठमाडौं मेडिकल कलेजमा गरिएको पिसिआर परिक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जस अन्तरगत वर्डा नं ६ का ५ जना, वडा नम्बर १३ का २ जना, वडा नम्बर २ का एक जना, वडा नम्बर १२ … Continue reading तुलसीपुरमा आज मात्रै १० जनामा कोरोना पुष्टि

थप पढ्नुहोस् »

फैलिदै कोरोना संक्रमण : आज ४९६ जनामा सङ्क्रमण, १३ जनाकाे ज्यान गयाे

काठमाण्डाै । पछिल्लो २४ घण्टामा ४ सय ९६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ३ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ९६ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै ७ सय २७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । पछिल्लो २४ … Continue reading फैलिदै कोरोना संक्रमण : आज ४९६ जनामा सङ्क्रमण, १३ जनाकाे ज्यान गयाे

थप पढ्नुहोस् »

वडा अध्यक्षको निधन

काठमाण्डाै । काठमाण्डौको कीर्तिपुर नगरपालिका-७ का अध्यक्ष राजकुमार मालीको निधन भएको छ । मस्तिष्कघातका कारण उहाँको निधन भएको हो । उहाँको वयोधा अस्पतालमा उपचारका क्रममा हिजो बेलुका निधन भएको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले जानकारी दिनुभयो ।

थप पढ्नुहोस् »

तुलसीपुरमा ७७ हजार बढिले हात्तीपाईलेको औषधी सेवन गरे

तुलसीपुरमा ७७ हजार बढिले हात्तीपाईले रोग विरुद्धको औषधी सेवन गरेका छन् । गएको बुधवार देखी सुरु भएको हात्रीपाईले रोग विरुद्धको औषधी सेवन अभियान अन्र्तगत शुक्रवार सम्म ५३.६ प्रतिशत अर्थात ७७ हजार ७ सय ३० जना नागरिकले औषधी सेवन गरेको जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिनु भएको छ । दाङमा ११ औँ चरणको हात्तीपाईले रोग विरुद्धको … Continue reading तुलसीपुरमा ७७ हजार बढिले हात्तीपाईलेको औषधी सेवन गरे

थप पढ्नुहोस् »

साविक विजेता मुम्बईलाई हराउँदै बेंगलोरको रोमाञ्चक जित

रोयल च्यालेन्जर्स बेंगलोरले साविक विजेता तथा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) १४ औं संस्करणमा रोमाञ्चक विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । बेंगलोरको जितमा उत्कृष्ट प्रदर्शन गरेका एवि डी भिलियर्स … Continue reading साविक विजेता मुम्बईलाई हराउँदै बेंगलोरको रोमाञ्चक जित

थप पढ्नुहोस् »

विद्यार्थीसँग न्यायिक संवाद कार्यक्रम

दाङ । उच्च अदालत तुलसीपुरको आयोजनामा ज्ञानज्योती माध्यमिक विद्यालयमा कानुन बिषय अध्ययनरत कक्षा ११ र १२ का विध्यार्थीहरुको बिचमा न्यायिक संवाद कार्यक्रम सञ्चालन गरिएको छ । “छिटो छरितो न्याय, सबैका लागि न्याय” भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै न्यायालयबारे सरोकारवाला पक्षको सुझाव, सल्लाह र प्रतिक्रियाबारे छलफल गर्ने कार्यक्रम अन्तर्गत यस्तो कार्यक्रम आयोजना गरिएको उच्च अदालत तुलसीपुरका … Continue reading विद्यार्थीसँग न्यायिक संवाद कार्यक्रम

थप पढ्नुहोस् »

केसी पत्रकार महासंघ दाङको अध्यक्षमा विजयी

दाङ । नेपाल पत्रकार महासंघ दाङको अध्यक्षमा पत्रकार दुर्गालाल केसी विजयी भएका छन् । उनले लक्ष्मी आचार्यलाई ११ मतले पराजित गरेका हुन् । निर्वाचनको अन्तिम परिणाम आउन बाँकी छ ।

थप पढ्नुहोस् »

महासंघ अपडेट: अध्यक्षमा केसीको अग्रता कायमै ,

दाङ। नेपाल पत्रकार महासंघ दाङमा अध्यक्षमा दुर्गालाल केसीको अग्रता कायमै रहेको छ ।                           बिहीबार बिहानबाट सुरु भएको मत गणना अनुसार अध्यक्षमा दुर्गालाल केसीको ६२, लक्ष्मी आचार्यले ५१ मत प्राप्त गरेका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा सन्तोष सुवेदी ६८, ओपेन्द्र बस्नेत ४४, उपाध्यक्ष महिलामा … Continue reading महासंघ अपडेट: अध्यक्षमा केसीको अग्रता कायमै ,

थप पढ्नुहोस् »

दाङ निर्वाचन : अध्यक्षमा केसीको अग्रता

दाङ। नेपाल पत्रकार महासघ दाङकाे मतगणना सुरु भएको छ । आज बिहान देखि सुरु भएको मतगणनामा दुर्गालाल केसीले अग्रता लिनुभएको छ । पछिल्लो मत परिनाम अनुसार केसीले २९ मत ल्याउदा लक्ष्मि आचार्यले ११ मत ल्याउनु भएको छ । सङ्घमा २६३ मत खसेको छ ।

थप पढ्नुहोस् »

महासंघ निर्वाचन: दाङमा २६३ मत खस्यो

दाङ। नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि दाङमा २ सय बढि मत खसेको छ । विहान ९ बजे देखि सुरु भएको मतदानमा २६३ मत खसेको निवार्चन समिती दाङका संयोजक सुदिप गौतमले जानकारी दिए । दाङ पत्रकार महासंघमा मतदाताको संख्या २७६ छ । पत्रकार महासंघ दाङमा पहिलो मतदान केन्द्रिय अध्यक्ष पदका उम्मेद्धार विपुल पोख्रेलले गरेका थिए … Continue reading महासंघ निर्वाचन: दाङमा २६३ मत खस्यो

थप पढ्नुहोस् »