समाचार

दाङमा स्वास्थ्य विमा कार्यक्रम लागु

दाङ, दाङमा आज देखी स्वास्थ्य विमा कार्यक्रम लागु भएको छ । स्वास्थ्य विमा वोर्डले आज घोराहीमा एक कार्यक्रमको आयोजना गरि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेललाई विमा सदस्यताको कार्ड प्रदान गर्दै स्वास्थ्य विमा कार्यक्रम लागु गरेको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री शंकर पोख्रेलले स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानिय तहका प्रमुखहरुलाई विषेश आग्रह गर्नुभयो । विमा … Continue reading दाङमा स्वास्थ्य विमा कार्यक्रम लागु

थप पढ्नुहोस् »

लुम्बिनी प्रदेशको स्थापना दिवस दाङमा मनाइने

दाङ , लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । फागुन २ गतेदेखि ४ गतेसम्म मनाउने स्थापना दिवसको मूल समारोह दाङमा गर्ने गरी तयारीका काम भएका प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । जसअनुसार मूल समारोह फागुन ३ गते प्रदेशको राजधानी राप्ती उपत्यका … Continue reading लुम्बिनी प्रदेशको स्थापना दिवस दाङमा मनाइने

थप पढ्नुहोस् »

विश्वभर ८ करोड भन्दा धेरै कोरोना मुक्त

विश्वमा कोरोना भाइरसको सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ करोड नाघेको छ । १४ महिनाअघि सुरु भएको कोरोना भाइरसका सङ्क्रमितको उपचारका लागि औषधि तयार भइनसके पनि उपचार विनै तथा लक्षण अनुसारको उपचारबाट आठ करोडभन्दा धेरै सङ्क्रमित निको भएका हुन् । यो कुल सङ्क्रमितको ७४ प्रतिशतभन्दा धेरै हो । विश्वका सबैजसो ठाउँमा फैलिसकेको कोरोना भाइरसबाट अहिलेसम्म १० करोड … Continue reading विश्वभर ८ करोड भन्दा धेरै कोरोना मुक्त

थप पढ्नुहोस् »

चौतर्फी दबाबपछि रामकुमारी झाँक्री रिहा

काठमाण्डाै । नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । महानगरीय प्रहरी अनुसन्धान महाशाखाले नेतृ झाँक्रीलाई बिहीवार साँझ रिहाइ गरेको हो ।  राज्यविरुद्धको अपराध गरेको कसुरमा अनुसन्धान गर्न भन्दै प्रहरीले झाँक्रीलाई दिउँसो उहाँकै निवास शंखमुलबाट पक्राउ गरेको थियो । उहाँलाई पक्राउ गरेपछि सरकारको चौतर्फी विरोध भएको थियो ।   केही दिनअघि गोरखामा भएको … Continue reading चौतर्फी दबाबपछि रामकुमारी झाँक्री रिहा

थप पढ्नुहोस् »

फेरि पेट्रोलिय पदार्थको मूल्य बढ्यो

काठमाडौं । सरकारले फेरि पेट्रोलिय पदार्थको मूल्य बढाएको छ। अब खाना पकाउने ग्यास प्रतिसिलिन्डर एक हजार चार सय पुगेको छ। आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बृद्धि गरेको नेपाल आयल निगमले जनाएको छ। पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको हो। निगमका अनुसार अब काठमाडौंमा पेट्रोलको मूल्य एक … Continue reading फेरि पेट्रोलिय पदार्थको मूल्य बढ्यो

थप पढ्नुहोस् »

दाङमा गोली लागेर एक जनाको ज्यान गयो

दाङ । दाङमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको ज्यान गएको छ । गढवा गाउँपालिका वडा नम्बर २ चिमचिमेस्थित तिरतिरे जंगलमा सिकार खेल्ने क्रममा सोही ठाउँका ३९ वर्षिय इन्द्रबहादुर रानाको ज्यान गएको प्रहरीले बताएको छ । मंगलबार दिउँसो इन्द्रबहादुर र उहाँका भाई २७ वर्षीय सूर्यबहादुर राना सिकार खेल्न राष्ट्रिय वनमा गएका थिए। सो … Continue reading दाङमा गोली लागेर एक जनाको ज्यान गयो

थप पढ्नुहोस् »

प्रतिस्पर्धा नगराई शाक्यलाई सीधै नियुक्ति

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक प्रतिस्पर्धाका आधारमा नियुक्त गर्ने भनेर कुलमान घिसिङलाई रोकेको सरकारले हितेन्द्रदेव शाक्यलाई भने सीधै नियुक्ति दिएको छ । प्रधानमन्त्री केपी ओलीले ऊर्जा मन्त्रालयबाट प्रस्ताव मगाएर शाक्यलाई नियुक्ति दिएका हुन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गरेको छ । यसअघि २७ कात्तिकदेखि उनी निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत … Continue reading प्रतिस्पर्धा नगराई शाक्यलाई सीधै नियुक्ति

थप पढ्नुहोस् »

देशभर माघ ३० गते सार्वजनिक बिदा

काठमाडौं । सरकारले माघ ३० गते सोनाम ल्होछारको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गरेको कारण सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्तिलगायतका चाड पर्वको बिदा कटौती गरेको थियो। संसद विघटनपछि विकसित राजनीतिक … Continue reading देशभर माघ ३० गते सार्वजनिक बिदा

थप पढ्नुहोस् »

प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाँदैछन् । नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोगले यही माघ १६ गते नेकपाका दुवै पक्षलाई बोलाएको थियो । प्रचण्ड-माधव नेपाल पक्ष आयोगको कार्यालय पुगेर आधिकारिकता दाबी गरे पनि प्रधानमन्त्रीसमेत रहेका ओली गएका थिएनन् । उनी आज बिहान ११ बजे आयोगको कार्यालय … Continue reading प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाँदै

थप पढ्नुहोस् »

तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट बुढाथोकीको ज्यान गयो

दाङ।दाङमा मोटरसाईकलको ठक्करबाट एक जनाको ज्यान गएको छ । तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको लु ५६ प ९७१७ नम्बरको मोटरसाईकलले सोमबार बेलुका करिब ७ बजेतिर तुलसीपुर १८ हेमन्तपुर नजिकै ठक्कर दिदा तुलसीपुर उपमहानगरपालिका वडा न.१९ निवासी ७६ बर्षीय डिलबहादुर बुढाथोकीको ज्यान गएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते वुढाथोकीको उपचारकालागि अस्पताल लैजादै गर्दा बाटोमै ज्यान … Continue reading तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट बुढाथोकीको ज्यान गयो

थप पढ्नुहोस् »