समाचार

दाङ दुर्घटना : घाइते चालकको ज्यान गयो

दाङ। तुलसीपुरमा बस र मोटरसाईकल ठोक्किदा घाईते भएका मोटरसाइकल चालकको ज्यान गएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–९ नुवागाउँ निबासी २३ बर्षका किरन पुनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । उनको कोहलपुरमा उपचारकै क्रममा ज्यान गएको हो । तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको लु४१प २१३ नम्बरको मोटरसाईकललाई पश्चिमबाट तुलसीपुर तर्फ आउँदै गरेको रा१ख २११० … Continue reading दाङ दुर्घटना : घाइते चालकको ज्यान गयो

थप पढ्नुहोस् »

दाङको बेलझुण्डीमा ६६ बर्षीय संक्रमितको ज्यान गयो

दाङ। दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा रहेका एक संक्रमितको ज्यान गएको छ । अस्पतालका व्यवस्थापक दोर्ण वलीका अनुसार आज विहान १०:४५ बजे घोराही उपमहानगरपालिका १३ का ६६ बर्षीय पुरूषको कोरोना संक्रमणबाट ज्यान गएको हो ।

थप पढ्नुहोस् »

दाङमा बस र मोटरसाईकल ठोक्किदा २ जना घाइते

दाङ। दाङमा बस र मोटरसाईकल ठोक्किदा २ जना घाइते भएका छन् । बबईको भाङाबारीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा१ख २११० नम्बरको यात्रु बहाक बस र तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको लु४१प २१३ नम्बरको मोटरसाईकल तुलसीपुर उपमहानगरपालिका–२ कुमालगडीमा एकआपसमा ठोक्किदा दुर्घटना भएको हो । घाइते मध्य एकको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको … Continue reading दाङमा बस र मोटरसाईकल ठोक्किदा २ जना घाइते

थप पढ्नुहोस् »

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना सङ्क्रमण

काठमाण्डाै – नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । बुधबार कोरोनाको लक्षण देखिएपछि स्वाब दिएका सन्दीपको पीसीआर रिपोर्ट शुक्रबार आएको हो । लामिछाने आफैँले कोरोना भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।  उनले अहिले होम आइसोलेशनमा रहेको र चाँडै नै स्वस्थ्य भएर मैदान फर्किने विश्वास व्यक्त गरेका छन् ।

थप पढ्नुहोस् »

काठ विक्रि वितरणमा प्रतिबन्ध लगाएकोमा वन महासंघद्वारा बिरोध

दाङ। सरकारले वन क्षेत्रबाट काठ कटान ओसार पसार तथा विक्रि वितरणमा प्रतिबन्ध लगाएपछि सामुदायिक वन उपभोक्ता महासंघ नेपाल विरोधमा उत्रिएको छ । सरकारको निर्णय सच्चाउन माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालको केन्द्रीय कार्यक्रमअनुसार दाङ सहित देशभरका सबै जिल्ला महासंघले जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ज्ञापन पत्र बुझाएका … Continue reading काठ विक्रि वितरणमा प्रतिबन्ध लगाएकोमा वन महासंघद्वारा बिरोध

थप पढ्नुहोस् »

दाङका एक युवकको भारतको जम्मु–कश्मीरको भिडन्तमा ज्यान गयो

दाङ। भारतको जम्मु–कश्मीरमा भएको भिडन्तमा दाङका एक युवकको ज्यान गएको छ । भिडन्तमा परेर आज बिहान ५ बजे तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा निवासी ३० बर्षीय प्रेम केसीको मृत्यु भएको हो । मृतक केसी विगत १४ बर्ष देखि ‘ईन्डियन आर्मी’को रुपमा कार्यरत रहेको पारिवारिक स्रोतले बताएको छ । उनका दाजु नाता पर्ने तुलसी केसीका … Continue reading दाङका एक युवकको भारतको जम्मु–कश्मीरको भिडन्तमा ज्यान गयो

थप पढ्नुहोस् »

जिप दुर्घटनामा परी ६ जनाको ज्यान गयो

गुल्मी। गुल्मीमा भएको जिप दुर्घटनामा परी ६ को ज्यान गएको छ । शुक्रबार बिहान इस्मा गाउँपालिकाबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप गाउँपालिकाको वडा नम्बर ४ को हुलमा दुर्घटना हुँदा ६ जनाको मृत्यु् भएको हो । दुर्घटनामा ५ जनाको घटनास्थलमै र थप एक जनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय … Continue reading जिप दुर्घटनामा परी ६ जनाको ज्यान गयो

थप पढ्नुहोस् »

कोरोनाबाट १४ सय बढीको ज्यान गयो, थप १६१४ जना संक्रमित

काठमाण्डाै । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १४ सय नाघेको छ । गएको २४ घण्टामा २३ जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १४ सय १२ पुगेको हो ।  यस्तै गएको २४ घण्टामा १४ सय ३७ जनाले कोरोनालाई जितेका छन् । योसँगै अहिलेसम्म २ लाख ९ हजार ४ सय ३५ … Continue reading कोरोनाबाट १४ सय बढीको ज्यान गयो, थप १६१४ जना संक्रमित

थप पढ्नुहोस् »

दाङमा मध्यरातमा गुडिरहेको ट्रकमा आगलागी

दाङ। दाङमा मध्यरातमा गुडिरहेकोे ट्रकमा आगलागी भएको छ । दाङको घोराही ३ मसोटमा गयराति करिब १२ बजे घोराही सिमेन्ट उद्योगबाट नेपालगञ्ज तर्फ जाँदै गरेको लु २ ख १०२७ नम्बरको ट्रकमा आगलागी भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । वाईरिङ तार सर्ट भएर ट्रकमा आगलागी भएको हुन सक्ने प्रहरीले बताएकोछय ।आगलागीबाट मानबिय क्षती नभए … Continue reading दाङमा मध्यरातमा गुडिरहेको ट्रकमा आगलागी

थप पढ्नुहोस् »

दाङमा एक व्यक्ति गोलीको छर्रा लागेको अबस्थामा फेला

दाङ। दाङमा एक व्यक्ति पाँचवटा गोलीको छर्रा लागेको अबस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बराहखुटी निवासी खुलसराम पौडेल पाँचवटा गोलीको छर्रा लागेको अबस्थामा फेला परेका हुन। अमेलियाको चाउखोला नजिक बुधबार राति साढे ९ बजेतिर फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । पौडेलकको ढाडको पछाडी तीन ठाउँमा र तिघ्रामा … Continue reading दाङमा एक व्यक्ति गोलीको छर्रा लागेको अबस्थामा फेला

थप पढ्नुहोस् »