स्वास्थ्य

६१औँ रक्तसञ्चार सेवा दिवसः पूर्वाधार अभावले सेवा प्रभावित

दाङ,१२ साउन। जिल्लामा रक्तसञ्चार सेवा निरन्तर सञ्चालन हुँदै आए पनि सेवालाई प्रभावकारी बनाउन चुनौती थपिँदै गएको छ । आवश्यक पूर्वाधार, उपकरण र स्रोतसाधनको अभावले सेवा प्रभावकारी बन्न नसकेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङले बताएको छ । जिल्ला शाखाअन्तर्गत सञ्चालित रक्तसञ्चार सेवा केन्द्रले सेवा विस्तारको आवश्यकता औँल्याउँदै संरचना सुधारको माग समेत गरेको छ। मंगलबार ६१औँ … Continue reading ६१औँ रक्तसञ्चार सेवा दिवसः पूर्वाधार अभावले सेवा प्रभावित

थप पढ्नुहोस् »

डा. केसीले दिए तीनबुँदे माग राख्दै अनसन बस्ने चेतावनी

काठमाडौ,१ साउन । वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका बेथितिविरुद्ध पुनः आमरण अनसन (सत्याग्रह) बस्ने चेतावनी दिएका छन्। शुक्रबार जारी प्रेस विज्ञप्तिमार्फत उनले आफ्ना तीनबुँदे मागहरू साउन ५ गतेभित्र सम्बोधन नभए विगतमा स्थगित गरिएको सत्याग्रहसहितका सशक्त आन्दोलनका कार्यक्रम पुनः सुरु गर्ने घोषणा गरेका हुन्। यसअघि … Continue reading डा. केसीले दिए तीनबुँदे माग राख्दै अनसन बस्ने चेतावनी

थप पढ्नुहोस् »

आयुर्वेद चिकित्सालयको सेवा सुदृढीकरणका लागि नीतिगत सुधारको आवश्यक

दाङ,३० असार । प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा सेवा सुदृढीकरणका लागि नीतिगत सुधारको आवश्यकता देखिएको छ। दरबन्दी र स्रोत साधन व्यवस्थापनसम्बन्धी स्पष्ट तथा फराकिलो नीति अभावका कारण उपलब्ध स्वास्थ्य सेवाको प्रभावकारी विस्तार र सुदृढीकरणमा समस्या देखिएको हो। यसले अस्पतालको उपचार सेवामा प्रत्यक्ष प्रभाव पारेको अस्पतालको प्रशासन शाखाले जनाएको छ। सोमबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा अस्पतालका निमित्त … Continue reading आयुर्वेद चिकित्सालयको सेवा सुदृढीकरणका लागि नीतिगत सुधारको आवश्यक

थप पढ्नुहोस् »

६ प्रतिष्ठानमा उपकुलपति नियुक्त, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जिम्मेवारी डा. मिश्रलाई

​दाङ, २५ असार । सरकारले विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा नयाँ उपकुलपतिहरू नियुक्त गरेको छ। उपकुलपति छनोट तथा सिफारिस समितिले गरेको सिफारिसका आधारमा प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले उपकुलपतिहरू नियुक्त गरेका हुन्। नयाँ नियुक्ति अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अजयकुमार मिश्र नियुक्त भएका छन्। ​यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) … Continue reading ६ प्रतिष्ठानमा उपकुलपति नियुक्त, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जिम्मेवारी डा. मिश्रलाई

थप पढ्नुहोस् »

राप्ती प्रादेशिक अस्पतालमा सरसफाइ कार्यक्रम

​दाङ, २२ असार । राप्ती प्रादेशिक अस्पतालमा बिहीबार एक विशेष सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (प्र.मे.सु.) डा. मोहम्मद नुुरुल होदाको संयोजकत्वमा उक्त कार्यक्रमको आयोजना गरिएको हो। ​अस्पताल परिसरलाई स्वच्छ, सफा र बिरामीमैत्री बनाउने उद्देश्यका साथ आयोजना गरिएको यस सरसफाइ अभियानमा अस्पतालका चिकित्सक, नर्स तथा विभिन्न प्रशसनिक कर्मचारीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। … Continue reading राप्ती प्रादेशिक अस्पतालमा सरसफाइ कार्यक्रम

थप पढ्नुहोस् »

तुलसीपुरमा ३५५ जनामा क्षयरोग संक्रमण पुष्टि

दाङ,२३ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा हाल ३५५ जनामा क्षयरोग (टिबी) संक्रमण पुष्टि भएको छ।क्षयरोगमुक्त पालिका निर्माण गर्ने लक्ष्यसहित तुलसीपुर उपमहानगरपालिकाले युवा, नागरिक समाज, सञ्चारकर्मी तथा विभिन्न सरोकारवालासँग अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी गराइएको हो। कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख ओम प्रकाश न्यौपानेले गत आर्थिक वर्ष ३९९ जनामा संक्रमण पुष्टि भएकोमा चालु आर्थिक वर्षमा हालसम्म ३५५ … Continue reading तुलसीपुरमा ३५५ जनामा क्षयरोग संक्रमण पुष्टि

थप पढ्नुहोस् »

क्यान्सर औषधिको विवरण दिन आयातकर्तालाई निर्देशन

काठमाडौ,२२ जेठ । औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने औषधिको आपूर्ति र खपतसम्बन्धी विवरण दिन आयातकर्तालाई निर्देशन दिएको छ। विभागले सूचना जारी गर्दै प्लाटिनम समूहका क्यान्सर औषधिको मूल्य, पछिल्ला तीन आर्थिक वर्षको खपत विवरण र आगामी वर्षको आवश्यकताको अनुमान पेश गर्न भनेको हो।यससँगै अत्यावश्यक औषधिको सूचीमा रहेका सलाइनको आयात हुने देश र मूल्यसमेत स्पष्ट … Continue reading क्यान्सर औषधिको विवरण दिन आयातकर्तालाई निर्देशन

थप पढ्नुहोस् »

विद्यार्थीहरुमा सिकलसेल परीक्षण

दाङ,२१ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ मा विद्यार्थीहरूको सिकलसेल एनिमिया र थालेसिमिया परीक्षण गरिएको छ। थारु समुदाय बढी बसोबास गर्ने वडा भएकाले सबै विद्यार्थीको जाँच गरिएको हो। जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजना तथा वडा कार्यालय र हेमनगर स्वास्थ्य केन्द्रको सहकार्यमा शिविर सञ्चालन गरिएको थियो। हेमनगर स्वास्थ्य केन्द्रका प्रमुख मोहन शर्माका अनुसार थारु समुदायमा यी रोग … Continue reading विद्यार्थीहरुमा सिकलसेल परीक्षण

थप पढ्नुहोस् »

ओएनएम फाइल अगाडी नबढ्दा अस्पतालको सेवा विस्तारमा समस्या

दाङ,१९ जेठ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ५० बेडको स्वीकृत भए पनि अहिले १४१ बेड सञ्चालनमा छ। बिरामीको चाप बढेपछि अस्पतालले थप बेड राखेर सेवा दिइरहेको छ। अस्पताललाई २०० बेडमा विस्तार गर्न २०८० सालमै ओएनएम सर्वे प्रदेश सरकारलाई पठाइएको थियो। स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयको सहमति लिएर फाइल मन्त्रिपरिषदमा पठाए पनि मुख्यमन्त्री कार्यालयमै अड्कियो। पछि … Continue reading ओएनएम फाइल अगाडी नबढ्दा अस्पतालको सेवा विस्तारमा समस्या

थप पढ्नुहोस् »

प्रादेशिक अस्पताललाई २ सय शैयामा स्तरोन्नति गरि जलन उपचार सेवा विस्तार गरिने

दाङ,११ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि निति तथा कार्यक्रम प्रस्तुत गरेको छ। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा जलन उपचार सेवा विस्तारलाई प्राथमिकतामा राखिएको छ। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राप्ती प्रादेशिक अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा जलन उपचार सेवा विस्तार गरिने जानकारी … Continue reading प्रादेशिक अस्पताललाई २ सय शैयामा स्तरोन्नति गरि जलन उपचार सेवा विस्तार गरिने

थप पढ्नुहोस् »