फिचर

बाढी पहिरोमा परि ८३ जनाको मृत्यु

दाङ,२६ असार । अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर … Continue reading बाढी पहिरोमा परि ८३ जनाको मृत्यु

थप पढ्नुहोस् »

परराष्ट्र सचिव नयाँ दिल्ली जाँदै

काठमाडौँ,२६ असार । दोस्रो बिमस्टेक विदेशमन्त्रीहरूको रिट्रिटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव सेवा लम्साल आज नयाँ दिल्ली जादै छन् । भारतको नयाँ दिल्लीमा यही जुलाई ११-१२ मा आयोजना हुने दोस्रो बिमस्टेक विदेश मन्त्रीहरूको रिट्रिटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव सुश्री सेवा लम्साल आज नयाँ दिल्ली जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । … Continue reading परराष्ट्र सचिव नयाँ दिल्ली जाँदै

थप पढ्नुहोस् »

तुलसीपुरको सार्वजनिक सुनवाई : आर्थिक विचलन नगर्न सुझाव

दाङ, २६ असार । तुलसीपुर उपमहानगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। सार्वजनिक सेवा तथा सुशासन समिति संयोजक धर्मराज ओलीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले विकासका नाममा आर्थिक विचलन नगर्न आग्रह गरेका छन्। उनीहरुले राजनैतिक पहुँचका आधारमा नभई जनआवश्यकता अनुसार बजेट विनियोजन गरी विकास निर्माणको काम गर्न सुझाएका छन्। शिक्षा स्वास्थ्य खानेपानी बिजुलीबत्ती सडक पूर्वाधार अहिलेको प्रमुख … Continue reading तुलसीपुरको सार्वजनिक सुनवाई : आर्थिक विचलन नगर्न सुझाव

थप पढ्नुहोस् »

लागू औषधसहित दुईजना पक्राउ

काठमाडौँ, २५ असार। प्रतिबन्धित लागू औषध सहित दुईजना पक्राउ परेका छन्। स्याङ्जाको वालिङ नगरपालिकाबाट लागू औषध सहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पूर्णिमा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २० बस्ने ३७ वर्षीय सन्तोषबहादुर नेपाल र वडा नम्बर १६ बस्ने ३४ वर्षीय कमल भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। वालिङ नगरपालिका वडा नम्बर … Continue reading लागू औषधसहित दुईजना पक्राउ

थप पढ्नुहोस् »

नक्कली लाइसेन्स वितरणको आरोपमा यातायात प्रमुख सहित १५ जनाविरुद्ध मुद्दा 

काठमाडौ,२५ असार । नक्कली लाइसेन्स वितरण गरेको आरोपमा यातायात व्यवस्था विभागका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले सोमवार काठमाडौं जिल्ला अदालतमा सरकारी कर्मचारी सहित १५ जना विरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो । सीआईबीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बुटवल कार्यालयका तत्कालीन … Continue reading नक्कली लाइसेन्स वितरणको आरोपमा यातायात प्रमुख सहित १५ जनाविरुद्ध मुद्दा 

थप पढ्नुहोस् »

एमाले सचिवालय बैठक स्थगित

काठमाडौं,२५ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक अन्तिम अवस्थामा आएर स्थगित भएको हो । ‘आजका लगि बोलाएको बैठक असार २६ गते बुधबार बिहान ११ बस्ने गरी बैठक स्थगित भएको छ’, एमाले प्रचार विभाग सदस्य गगन विष्टले जानकारी दिए । … Continue reading एमाले सचिवालय बैठक स्थगित

थप पढ्नुहोस् »

मोटरसाइकल दुर्घटनामा परि एकजना घाइते

दाङ,२५ असार । दाङको दंगीशरणमा मोटरसाइकल दुर्घटना हुदा एकजना घाइते भएका छन् । घाइते हुनेमा शान्तिनगर गाउँपालिका–५ निवासी ७३ वर्षीय नन्दकली खड्का रहेको इलका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । उनका अनुसार अनुसार तुलसीपुरबाट रगैजातर्फ जादै गरेको रा ७ प ७८६७ नम्बरको मोटरसाइकल दंगीशरण–७ बाकामा आफै अनियन्त्रित भएर … Continue reading मोटरसाइकल दुर्घटनामा परि एकजना घाइते

थप पढ्नुहोस् »

रास्वपाले मुकुललाई पार्टीको जिम्मेवारीबाट हटाउने

काठमाडौं,२५ असार। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । रास्वपाका अनुसार ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहेका छन् । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नेता सोबिता गौतमले अनुशासन आयोगको सिफारिस अनुसार … Continue reading रास्वपाले मुकुललाई पार्टीको जिम्मेवारीबाट हटाउने

थप पढ्नुहोस् »

नारायणी नदीमा ३ वटा शव फेला

नवलपरासी,२५ असार । —गैंडाकोटस्थित नारायणी नदीमा सडे गलेको अवस्थामा ३ वटा शव फेला परेको छ ।डीएसपी बेदबहादुर पौडेलका अनुसार गैंडाकोट नगरपालिका- १ स्थित मजुवा सामुदायिक वन नजिक २ पुरुष र एक महिलाको शव मंगलबार बिहान फेला परेको हो । शव बाढीले बगाएर ल्याएको हो । शवको सरजमिन मुचुल्का गरिरहेको पौडेलले जानकारी दिए ।

थप पढ्नुहोस् »

पहिरोले घर पुरिँदा एकजनाको ,मृत्यु तीनजना घाइते

रुकुम पूर्व, २५ असार । रुकुम पूर्वमा पहिरोले घर पुरिदा एकजनाको ज्यान गएको छ। पहिरोमा परी तीन जना गम्भीर घाइते भएका छन्। जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर १ दल्ली गैरामा सोमबार राति आएको पहिरोले घर पुरिदा सल्ली बिसुनीका ११ वर्षीय सरगम बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी … Continue reading पहिरोले घर पुरिँदा एकजनाको ,मृत्यु तीनजना घाइते

थप पढ्नुहोस् »