फिचर

पेट्रोल, डिजेल र हवाई इन्धनको मुल्य घट्यो: एलपी ग्यासको मुल्य यथावत

काठमाडौँ, १६ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको हो। नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ र आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँले मूल्य घटाइएको छ। तर खाना पकाउने एलपी ग्यासको … Continue reading पेट्रोल, डिजेल र हवाई इन्धनको मुल्य घट्यो: एलपी ग्यासको मुल्य यथावत

थप पढ्नुहोस् »

महोत्सवभित्र स्थानीय हस्तकला: सीपलाई बजारसँग जोड्ने प्रयास

दाङ,१६ पुस । बिजौरी–१९ पकर्याका ठाकुर चौधरी तुलसीपुरमा जारी महोत्सवको स्थलभित्र भेटिन्छन्। नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तुलसीपुरले स्थानीय किसानहरूलाई निःशुल्क रुपमा स्टल उपलब्ध गराएपछि हस्तकलाका सामग्री बिक्री वितरणका लागि त्यहाँ पुगेका हुन्। महोत्सवको मातृ जोनको २३ नम्बरमा उनको स्टल छ। एक सानो स्टलमा केवल सामग्री मात्र होइन, मेहनत, समय र सीपको कथा पनि … Continue reading महोत्सवभित्र स्थानीय हस्तकला: सीपलाई बजारसँग जोड्ने प्रयास

थप पढ्नुहोस् »

तुलसीपुर नगर जेसीज वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन

दाङ,१५ पुस । तुलसीपुर नगर जेसीजको वर्ष २०२६ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ। कमल प्रकाश शर्माको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको हो। नवगठित कार्यसमितिमा शिव न्यौपाने र सागर न्यौपाने कार्यकारिणी उपाध्यक्ष चयन भएका छन्। त्यसैगरी उपाध्यक्षमा पारस न्यौपाने, छबिन रावत, नितेश सोनी र सागर चौधरी चयन भएका छन्। यस्तै, सह–सचिवमा सजित … Continue reading तुलसीपुर नगर जेसीज वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन

थप पढ्नुहोस् »

समानुपातिकतर्फ ६४ दलले बुझाए बन्दसूची

काठमाडौं,१५ पुस । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन्। निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीअन्तर्गत बन्दसूची बुझाउने कार्यतालिका पुस १३ र १४ गतेका लागि तय गरिएको थियो। सोहीअनुसार सोमबार राति अबेरदेखि आज बिहानसम्म गरी ६४ राजनीतिक दलले बन्दसूची बुझाएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।समानुपातिक प्रणालीतर्फ ११० सिटका लागि ६४ … Continue reading समानुपातिकतर्फ ६४ दलले बुझाए बन्दसूची

थप पढ्नुहोस् »

तमु ल्होसारले भाइचारा र सांस्कृतिक पहिचान बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

दाङ, १५ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तमु ल्होसार पर्वले आपसी भाइचारा, सद्भाव र बन्धुत्वको भावना बलियो बनाउँदै मौलिक भाषा, संस्कृति र पहिचानको संरक्षण तथा सम्बर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन्। गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले यस्ता मौलिक पर्वहरूले ‘विविधतामा एकता’ भन्ने नेपाली समाजको … Continue reading तमु ल्होसारले भाइचारा र सांस्कृतिक पहिचान बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

थप पढ्नुहोस् »

कुलमानसंगको एकतापछी बालेन भन्छन्: ‘ म नेपाल हासेको हेर्न चाहन्छु’

काठमाडौँ,१४ पुस । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङ एउटै राजनीतिक सहमतिमा पुगेका छन्। तीनै नेताबीचको समझदारीअनुसार कुलमान घिसिङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा दोस्रो वरीयतासहित उपसभापति पद दिइने भएको छ। यसअघि नै रास्वपामा आवद्ध भइसकेका मेयर बालेन्द्र शाहको उपस्थितिमा भएको सहमतिमा कुलमान घिसिङलाई सभापति रवि … Continue reading कुलमानसंगको एकतापछी बालेन भन्छन्: ‘ म नेपाल हासेको हेर्न चाहन्छु’

थप पढ्नुहोस् »

कारबाही मिनाहा भएपनि पद फिर्ता हुँदैनः काँग्रेस

काठमाडौँ,१४ पुस। नेपाली कांग्रेसले अनुशासनको कारबाहीमा परेकाहरूलाई माफी दिए पनि उनीहरूले पार्टीभित्र पाउँदै आएको बहाल पद भने कायम नरहने स्पष्ट गरेको छ। पार्टीले आइतबार मातहतका सबै कार्यसमितिलाई पठाएको परिपत्रमार्फत कारबाही माफीरमिनाहा भए पनि सम्बन्धित व्यक्तिहरूको पार्टीको बहाल पद समाप्त हुने उल्लेख गरेको हो। परिपत्रमा क्रियाशील सदस्यताको निरन्तरता भने कायम राखिने र सदस्यता नवीकरण गर्न सकिने … Continue reading कारबाही मिनाहा भएपनि पद फिर्ता हुँदैनः काँग्रेस

थप पढ्नुहोस् »

कांग्रेसद्वारा समानुपातिक बन्दसूची बुझाउने समय परिमार्जनको माग

काठमाडौँ,१३ पुस। विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले निर्वाचन आयोगले तोकेको समानुपातिक निर्वाचनतर्फको बन्दसूची बुझाउने समय परिमार्जन गर्न आग्रह गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले शनिबार तीन दलका शीर्ष नेतासँग बैठक गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले यस माग राखेका हुन्। यसअघि गत सोमबार प्रधानमन्त्री कार्कीले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस सहमहामन्त्री महेंद्र यादवले पनि समानुपातिक बन्दसूची … Continue reading कांग्रेसद्वारा समानुपातिक बन्दसूची बुझाउने समय परिमार्जनको माग

थप पढ्नुहोस् »

निर्वाचनको सुरक्षाबारे उच्चस्तरीय सुरक्षा समितिको बैठक

काठमाडौँ,१३ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगमा उच्चस्तरीय सुरक्षा समितिको बैठक बसेको छ। आयोगका सदस्य सगुन समशेर जबराको अध्यक्षतामा बसेको बैठकमा गृह सचिव रामेश्वर दङ्गाल र रक्षा सचिव केदारनाथ शर्मासहित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ। बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय … Continue reading निर्वाचनको सुरक्षाबारे उच्चस्तरीय सुरक्षा समितिको बैठक

थप पढ्नुहोस् »

दलहरूको बन्द सूची संकलन आजदेखि सुरु

काठमाडौँ,१३ पुस । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलन प्रक्रिया आजदेखि सुरु भएको छ। निर्वाचन आयोगका अनुसार यसका लागि आवश्यक सबै प्राविधिक तथा प्रशासनिक तयारी पूरा भइसकेको छ। आयोगको कार्यतालिकाअनुसार आज आइतबार र भोलि सोमबार दर्ता भएका राजनीतिक दलहरूले मात्र समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची आयोगमा पेस गर्न पाउनेछन्। … Continue reading दलहरूको बन्द सूची संकलन आजदेखि सुरु

थप पढ्नुहोस् »