फिचर

दाङको बबईमा नमुना कार्य : गाउँमै पुगेर योजना सम्झौता

दाङ , ९ पुस । सरकारी काम गर्न प्रायः सम्बन्धित कार्यालयमै पुग्नुपर्छ। अहिलेसम्म चल्दै आएको विधि पनि यही नै हो। तर, सेवाग्राहीको सहजताका लागि सेवाग्राहीकै गाउँघरमा पुगेर कार्यालयले सेवा दिने कार्य सुरु गर्नु भने नयाँ हो। दाङको एक स्थानीय सरकार यो कार्यमा अग्रसर देखिएको छ। सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने परम्परागत अभ्यासलाई अन्त्य गर्दै दाङको बबई गाउँपालिकाले … Continue reading दाङको बबईमा नमुना कार्य : गाउँमै पुगेर योजना सम्झौता

थप पढ्नुहोस् »

तुलसीपुर महोत्सवमा आज गायिका समिक्षा आउदै

दाङ, ९ पुस । दाङको तुलसीपुरमा जारी प्रथम तुलसीपुर महोत्सव–२०८२ को छैटौँ दिन आज चर्चित गायिका समिक्षा अधिकारीको विशेष प्रस्तुति रहने भएको छ । गायिका अधिकारीको उपस्थितिसँगै आज महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहने अनुमान गरिएको छ । आजको सांगीतिक कार्यक्रममा समिक्षा अधिकारीसँगै गायक दीपक वली, सन्दिप सेन्चुरी तथा गायिका देवकुमारी खत्री लगायत कलाकारहरूको पनि प्रस्तुति … Continue reading तुलसीपुर महोत्सवमा आज गायिका समिक्षा आउदै

थप पढ्नुहोस् »

दाङसहित अन्य जिल्लामा बाक्लो हुस्सु

दाङ,९ पुस । आज बिहानै देखि दाङ उपत्यकासहित तराईका विभिन्न जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो अवस्था अझै केही दिन कायम रहने सम्भावना छ । विभागले तराई क्षेत्रमा बाक्लो हुस्सु तथा कुहिरो कम्तीमा तीन दिनसम्म रहने जनाएको छ । यसका कारण जनजीवन, स्वास्थ्य तथा सडक र … Continue reading दाङसहित अन्य जिल्लामा बाक्लो हुस्सु

थप पढ्नुहोस् »

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

काठमाडौं,८ पुस । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षणका लागि वृद्धि गरिएको शुल्क सरकारले खारेज गरेको छ । शुल्क पुनः साविककै दरमा कायम भएपछि वैदेशिक रोजगार व्यवसायीहरूले सरकारको निर्णयलाई स्वागतयोग्य बताएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत कात्तिक ३० गते स्वास्थ्य परीक्षण शुल्क बढाएर ९ हजार ५ सय रुपैयाँ पुर्‍याएको थियो । … Continue reading वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

थप पढ्नुहोस् »

राजमार्ग आसपासमा अवैध रुख कटानः गाउँपालिका अध्यक्षसहित आठजना दोषी ठहर

दाङ,८ पुस। पूर्व–पश्चिम राजमार्ग आसपास बिना अनुमति रुख कटान गरिएको घटनामा राप्ती गाउँपालिकाका अध्यक्षसहित ८ जना जनप्रतिनिधि तथा संलग्न व्यक्ति दोषी ठहर भएका छन्। दाङ देउखुरी जिल्ला अदालतले राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, तीन जना वडाध्यक्ष तथा अन्य संलग्न व्यक्तिहरूले सडक क्षेत्राधिकारभित्र पर्ने रुखहरू कानुनी प्रक्रिया पूरा नगरी काटी काठ ओसारपसार गरेको ठहर गर्दै सजाय … Continue reading राजमार्ग आसपासमा अवैध रुख कटानः गाउँपालिका अध्यक्षसहित आठजना दोषी ठहर

थप पढ्नुहोस् »

सुदन गुरुङको अभद्र धम्कीमा डा. खत्रीको संलग्नता छ : युवा संघ दाङ

दाङ, ८ पुस ।राष्ट्रिय युवा संघ नेपाल जिल्ला समिति दाङले तुलसीपुर उपमहानगरपालिकाका जननिर्वाचित मेयर टीकाराम खड्कामाथि अभद्र तथा आपत्तिजनक धम्की दिइएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । जेन–जी अभियान्ता सुदन गुरुङले मेयर खड्कामाथि अभद्र धम्की दिएको र सो कार्यमा डा. किशोर खत्रीको भूमिका रहेको भन्दै संघले उक्त गतिविधि लोकतान्त्रिक मूल्य, पेशागत मर्यादा र सामाजिक उत्तरदायित्वको … Continue reading सुदन गुरुङको अभद्र धम्कीमा डा. खत्रीको संलग्नता छ : युवा संघ दाङ

थप पढ्नुहोस् »

नेसंविका उपकुलपतिमाथि आक्रमण : दाङ कांग्रेसले गर्‍यो दोषीलाई कारबाहीको माग

दाङ, ७ पुस । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. धनेश्वर नेपाल, उनका स्वकीय सचिव चोलेन्द्र रिजाल तथा कर्मचारी संघका पूर्व अध्यक्ष खिमबहादुर केसीमाथि गरिएको आक्रमण तथा दुव्र्यवहारप्रति नेपाली कांग्रेस दाङले गम्भीर आपत्ति जनाएको छ । नेपाली कांग्रेस दाङले सोमबार जारी गरेको विज्ञप्तिमा पुस ६ गते आइतबार बिहान करिब ८ः३० बजे बेलझुण्डीस्थित उपकुलपतिको आवास क्षेत्रमा … Continue reading नेसंविका उपकुलपतिमाथि आक्रमण : दाङ कांग्रेसले गर्‍यो दोषीलाई कारबाहीको माग

थप पढ्नुहोस् »

भरतपुर खानेपानी अध्यक्षमा गौतम सातौँ पटक निर्विरोध निर्वाचित

दाङ, ७पुस । दाङको घोराहीस्थित भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्ष पदमा शंकर गौतम सातौँ पटक निर्विरोध निर्वाचित भएका छन् । संस्थाको नवौँ अधिवेशनअन्तर्गत सोमबार भएको उम्मेदवारी मनोनयन दर्ता प्रक्रियामा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष गौतमको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । २०५८ सालमा कोषाध्यक्षबाट संस्थागत यात्राको सुरुआत गर्नुभएका गौतम २०६४ … Continue reading भरतपुर खानेपानी अध्यक्षमा गौतम सातौँ पटक निर्विरोध निर्वाचित

थप पढ्नुहोस् »

निकोलससहित केहि प्रदर्शनकारी पक्राउ

काठमाडौँ,७ पुस । मिराज ढुंगानाको नेतृत्वमा माइतीघर मण्डलामा भइरहेको जेनजी समूहको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनका क्रममा निकोलस भुसालसहित केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । काठमाडौं प्रशासनले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न अनुमति नदिए पनि जेनजी समूहले सो निर्णयको अवज्ञा गर्दै प्रदर्शन गरेपछि हस्तक्षेप गर्नुपरेको प्रहरीको भनाइ छ ।प्रहरीका अनुसार अनुमति नलिइएको … Continue reading निकोलससहित केहि प्रदर्शनकारी पक्राउ

थप पढ्नुहोस् »

पूर्वानुमानमा आधारित विपद् पूर्वकार्य मजबुत बनाइने : गृहमन्त्री अर्याल

काठमाडौँ,७ पुस । गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र प्रभावकारी बनाउने विषयमा सरकार पूर्ण रूपमा प्रतिवद्ध रहेको बताएका छन् । सोमबार पूर्वानुमानमा आधारित पूर्वकार्यसम्बन्धी चौथो राष्ट्रिय संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले नेपालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोण परिवर्तन गर्दै जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा … Continue reading पूर्वानुमानमा आधारित विपद् पूर्वकार्य मजबुत बनाइने : गृहमन्त्री अर्याल

थप पढ्नुहोस् »