फिचर

घोराही-लमही सडक विस्तारको काम सुरु

दाङ ,१६ चैत । घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरु भएको छ। हाल मोड तथा साँघुरा स्थानहरू खुला गर्ने काम भइरहे पनि सडकलाई चारलेनका रूपमा विकास गर्ने योजना रहेको सडक डिभिजन कार्यालयले जनाएको छ। कार्यालय प्रमुख दीपेन्द्र विष्टका अनुसार चालु आर्थिक वर्षमै सडक विस्तार सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ। साँघुरो सडकका कारण विगतमा धेरै … Continue reading घोराही-लमही सडक विस्तारको काम सुरु

थप पढ्नुहोस् »

चैत १८ मा नयाँ संसद अधिवेशन बोलाउने तयारी

काठमाडौं,१४ चैत। नयाँ संसदको अधिवेशन आगामी चैत १८ गतेका लागि डाक्ने तयारी गरिएको छ।सरकारले अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई पत्र लेखेपछि राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ। सामान्यतया अधिवेशन आह्वान गर्दा कम्तीमा एक साताको समय दिइने प्रावधान रहेको छ। अधिवेशनको पहिलो बैठकमा राष्ट्रपतिले आह्वानसम्बन्धी पत्र पढेर सुनाउने, सरकारले पठाएका महत्वपूर्ण पत्रहरू प्रस्तुत गर्ने तथा … Continue reading चैत १८ मा नयाँ संसद अधिवेशन बोलाउने तयारी

थप पढ्नुहोस् »

ओलीलाई तत्काल रिहा गर्न एमाले महासचिव पोखरेलको माग

काठमाडौं,१४ चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अविलम्ब रिहा गर्न माग गरेका छन्। ओली पक्राउ परेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोखरेलले पूर्वाग्रह र प्रतिशोधको मूल्य महँगो पर्ने चेतावनी दिएका हुन्। “पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ, जिम्मेवार बन, अविलम्ब रिहा गर,” उनले उल्लेख गरेका छन्।शनिबार बिहान गृहमन्त्री सुदन … Continue reading ओलीलाई तत्काल रिहा गर्न एमाले महासचिव पोखरेलको माग

थप पढ्नुहोस् »

निजी निवास फर्किइन निवर्तमान प्रधानमन्त्री कार्की

काठमाडौ,१३ चैत । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की आज बालुवाटारबाट धापासीस्थित निजी निवासमा फर्किएकी छन्। नवनियुक्त प्रधानमन्त्री वालेन्द्र साह (बालेन)ले शपथ ग्रहण गरेलगत्तै कार्की बालुवाटारबाट बाहिरिएकी हुन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कार्कीले सार्वजनिक जिम्मेवारीको एक महत्त्वपूर्ण अध्याय औपचारिक रूपमा समाप्त भएको उल्लेख गरेकी छन्। कठिन परिस्थितिमा राष्ट्रको नेतृत्व गर्नुपरेको स्मरण गर्दै उनले सबैको सहकार्य, समन्वय र … Continue reading निजी निवास फर्किइन निवर्तमान प्रधानमन्त्री कार्की

थप पढ्नुहोस् »

देशभर ७ हजार बढी विपद्का घटनाः ४७९ जनाको मृत्यु

दाङ,१२चैत । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन् भने ४७९ जनाको मृत्यु भएको छ। यस अवधिमा १ हजार ८०० जना घाइते भएका छन्। प्राधिकरणका अनुसार सबैभन्दा धेरै ३ हजार ४८० … Continue reading देशभर ७ हजार बढी विपद्का घटनाः ४७९ जनाको मृत्यु

थप पढ्नुहोस् »

संसद् अधिवेशन आह्वान अझै अनिश्चित

काठमाडौं,१२ चैत। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सहज बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले शुक्रबार दिउँसो १२ बजेर ३४ मिनेटमा प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले भने बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा पद तथा गोपनीयताको शपथ लिने भएका छन्। तर, नयाँ प्रतिनिधिसभा … Continue reading संसद् अधिवेशन आह्वान अझै अनिश्चित

थप पढ्नुहोस् »

जनप्रतिनिधिको काँधमा ठूलो दायित्व आएको छः राष्ट्रपति पौडेल

काठमाडौ,११चैत । रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले दिएको अभिमतले जनप्रतिनिधिको काँधमा ठूलो दायित्व आएको बताएका छन्। निर्वाचन आयोग नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिका लागि सबै एकजुट हुनुपर्ने बताएका हुन्। उनले लोकतन्त्रमा मत फरक हुन सक्ने भए पनि राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै नेपाली एकमत हुने विश्वास व्यक्त गरे। राष्ट्रपति … Continue reading जनप्रतिनिधिको काँधमा ठूलो दायित्व आएको छः राष्ट्रपति पौडेल

थप पढ्नुहोस् »

क्रिप्टो कारोबारमा संलग्न भारतीयसहित तीन जना पक्राउ

काठमाडौँ,९ चैत। नेपाल प्रहरीले अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारमा संलग्न रहेको आरोपमा एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाको विवरण सोमबार सार्वजनिक गरिएको हो। पक्राउ पर्नेमा भारतका ४१ वर्षीय प्रवेश अली रहेका छन्। प्रारम्भिक अनुसन्धानमा उनले आफ्नो मोबाइलमार्फत करिब १ अर्ब ३६ करोड ८० लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ। … Continue reading क्रिप्टो कारोबारमा संलग्न भारतीयसहित तीन जना पक्राउ

थप पढ्नुहोस् »

चैत १५ भित्र बजेट प्रस्ताव पेस गर्न मन्त्रालयलाई निर्देशन

दाङ,९ चैत । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि सबै विषयगत मन्त्रालयलाई चैत १५ गतेभित्र योजना तथा कार्यक्रम प्रस्ताव पेस गर्न निर्देशन दिएको छ। मन्त्रालयले तयार पारेको बजेट क्यालेन्डरअनुसार सबै मन्त्रालयले आफ्ना योजना तथा कार्यक्रम एलएमबिआइएसमा अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्नेछ। अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले सबै मन्त्रालयलाई बजेट सीमा (सिलिङ)पठाइसकिएको र … Continue reading चैत १५ भित्र बजेट प्रस्ताव पेस गर्न मन्त्रालयलाई निर्देशन

थप पढ्नुहोस् »

तीनथान मिटर नपाएपछि मध्यरातसम्म वडाध्यक्षको धर्ना

सल्यान, ९ चैत । नेपाल विद्युत प्राधिकरणको सल्यान वितरण केन्द्रमा मिटर नपाएपछि एक वडाध्यक्ष धर्नामा बसेका छन्। कपुरकोट गाउँपालिका–३का वडाध्यक्ष प्रदीप खड्का आफ्ना वडाका तीन जना सेवाग्राहीका लागि विद्युत मिटर लिन कार्यालय पुगेका थिए। आवश्यक प्रक्रिया पूरा गरेपछि पनि मिटर उपलब्ध नहुने भनिएपछि उनले धर्ना बस्ने निर्णय गरेका हुन्। साँझ ५ बजेदेखि सुरु भएको धर्ना … Continue reading तीनथान मिटर नपाएपछि मध्यरातसम्म वडाध्यक्षको धर्ना

थप पढ्नुहोस् »