फिचर

३० बढी जनप्रतिनिधिको पद रिक्त

दाङ,२९ फागुन । स्थानीय तह र प्रदेशसभामा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएका छन्। प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्न स्थानीय तह तथा प्रदेशसभा सदस्यहरूले पद त्याग गरेपछि ती पदहरू खाली भएका हुन्। रिक्त पदमा उपनिर्वाचन हुने वा नहुने विषयमा भने अहिलेसम्म स्पष्ट निर्णय भएको छैन। स्थानीय तह निर्वाचन ऐनको दफा ३ को उपदफा २ अनुसार … Continue reading ३० बढी जनप्रतिनिधिको पद रिक्त

थप पढ्नुहोस् »

बालिकामाथि बलात्कार आरोपमा दुई पक्राउ

काठमाडौ,२८ फागुन । १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर का अनुसार भीमदत्त नगरपालिका–१० का ४७ र ४० वर्षीय दुई पुरुषलाई बुधबार पक्राउ गरिएको हो। उनीहरूले भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वन क्षेत्रमा लगेर बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।सोही उजुरीका आधारमा दुवै … Continue reading बालिकामाथि बलात्कार आरोपमा दुई पक्राउ

थप पढ्नुहोस् »

समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपा सबैभन्दा अगाडि

काठमाडौँ,२५ फागुन । समानुपातिक तर्फको मतगणना अन्तिम चरणतर्फ पुगेको छ । अहिलेसम्म ९० लाख ११ हजार मत गनिसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै ४३ लाख ६५ हजार मत प्राप्त गरेको छ, जुन कुल मतको करिब ४८ प्रतिशत हो । त्यसपछि दोस्रोमा नेपाली कांग्रेसले १४ लाख ५५ हजार, तेस्रोमा एमालेले १२ लाख २१ हजार, चौथोमा नेकपाले … Continue reading समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपा सबैभन्दा अगाडि

थप पढ्नुहोस् »

निष्पक्ष भएर काम गर्न आयोगलाई नेकपाको आग्रह

काठमाडौ, २५ फागुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढङ्गले काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहालको सचिवालयले आज विज्ञप्ति जारी गर्दै धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसके पनि आयोगले निर्वाचित … Continue reading निष्पक्ष भएर काम गर्न आयोगलाई नेकपाको आग्रह

थप पढ्नुहोस् »

‘जेनजी आन्दोलन’ छानबिन प्रतिवेदनः दोषीमाथि कारबाहीको सिफारिस

काठमाडौं ,२४ फागुन। गत भदौ २३ र २४ गते भएको ‘जेनजी विद्रोह’ घटनाबारे छानबिन गर्न गठित न्यायिक आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आइतबार प्रधानमन्त्री सुशीला कार्की लाई प्रतिवेदन बुझाएका हुन्। प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष कार्कीले घटनाका जिम्मेवार व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न सिफारिस गरिएको जानकारी दिए। उनले भने, “२३ … Continue reading ‘जेनजी आन्दोलन’ छानबिन प्रतिवेदनः दोषीमाथि कारबाहीको सिफारिस

थप पढ्नुहोस् »

सरकारले एकहजार घर निर्माण गर्ने

काठमाडौं,२४ फागुन। सरकारले विपन्न समुदायका करिब पाँच हजार घरमा फुसको छानो हटाएर जस्ताको छानो लगाउने तथा एक हजार नयाँ घर निर्माण गर्ने भएको छ । सहरी विकास तथा भवन निर्माण विभाग मार्फत सञ्चालन हुने यो कार्यक्रमका लागि सरकारले करिब ७५ करोड रुपैयाँ खर्च गर्ने भएको हो । यसअन्तर्गत जनता आवास कार्यक्रम मार्फत एक हजार घर … Continue reading सरकारले एकहजार घर निर्माण गर्ने

थप पढ्नुहोस् »

दाङमा २४ हजार मत गन्दा १ हजार बढी मत बदर

दाङ,२२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङका तीनवटै निर्वाचन क्षेत्रमा मतगणना जारी रहँदा बदर मतको संख्या १ हजार नाघेको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका अनुसार हालसम्म २४ हजार ४ सय ५३ मत गणना भएको छ । त्यसमध्ये १ हजार ११ मत बदर भएका छन् भने २३ हजार ४ सय ४२ मत सदर भएको सूचना … Continue reading दाङमा २४ हजार मत गन्दा १ हजार बढी मत बदर

थप पढ्नुहोस् »

दाङ–३ मा रास्वपाका सुवेदीको अग्रता

दाङ,२२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना जारी रहेको छ । प्रारम्भिक ३ हजार ८४ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार कमल सुवेदी फराकिलो अग्रतालाई कायम राखेका छन् । यस समाचार तयार पार्दासम्म सुवेदीले १ हजार ५४० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली … Continue reading दाङ–३ मा रास्वपाका सुवेदीको अग्रता

थप पढ्नुहोस् »

तुलसी बोर्डिङ मतदान केन्द्रमा मतदान सुरु

दाङ ,२१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा रहेको तुलसीपुर–५ स्थित तुलसी बोर्डिङ विद्यालय मतदान केन्द्रमा मतदान सुरु भएको छ । निर्धारित समयअनुसार बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो । बिहानैदेखि मतदाताहरू मतदान केन्द्र परिसरमा लामबद्ध भएर लाइनमा बसेका थिए । मतदान सुरु भएसँगै प्रतिनिधि र समानुपातिक दुवैतर्फ … Continue reading तुलसी बोर्डिङ मतदान केन्द्रमा मतदान सुरु

थप पढ्नुहोस् »

निर्वाचन सुरक्षाका दाङमा ५ हजार ५ सय ११ सुरक्षाकर्मी परिचालन

दाङ,२० फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङमा ५ हजार ५ सय ११ सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । उनका अनुसार मतदान सामग्री ढुवानीदेखि मतगणना सम्पन्न नभएसम्म सोही संख्यामा सुरक्षाकर्मी परिचालन गरिनेछ । एउटा … Continue reading निर्वाचन सुरक्षाका दाङमा ५ हजार ५ सय ११ सुरक्षाकर्मी परिचालन

थप पढ्नुहोस् »