फिचर

नयाँ मतदातालाई मताधिकार प्रयोग गर्न प्रधानमन्त्री कार्कीको आग्रह

काठमाडौ, २२ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई आगामी प्रतिनिधिसभा निर्वाचनमा विवेकपूर्वक मत प्रयोग गर्न आह्वान गरेकी छन्। उनले मतदाता नामावलीमा नाम दर्ता गरी आधिकारिक रूपमा मतदाता परिचयपत्र बनाउने आवश्यकतामाथि जोड दिएकी छन्। शुक्रबार भिडियो सन्देशमार्फत प्रधानमन्त्री कार्कीले भनिन्, “हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुन जरुरी छ।” … Continue reading नयाँ मतदातालाई मताधिकार प्रयोग गर्न प्रधानमन्त्री कार्कीको आग्रह

थप पढ्नुहोस् »

घिसिङ र सिलवालमाथि ४३ करोडको गडबडीको आरोप

काठमाडौ,२२ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालमाथि भारतीय कम्पनी पावर ट्रेड कर्पोरेसन अफ इन्डिया (पीटीसी) सँग महँगो दरमा विद्युत् खरिद सम्झौता गरेर करिब ४३ करोड रुपैयाँको अनियमितता भएको खुलासा भएको छ। प्राप्त कागजातअनुसार पीटीसीले पहिले प्रस्ताव गरेको दरभन्दा बढी रकममा सम्झौता गरिएको हो। स्रोतका अनुसार … Continue reading घिसिङ र सिलवालमाथि ४३ करोडको गडबडीको आरोप

थप पढ्नुहोस् »

पूर्वमन्त्री अफताव आलमको निधन

काठमाडौ,२२ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ। एक महिनादेखि काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचाररत ६३ वर्षीय आलमको शनिबार निधन भएको हो। उच्च रक्तचाप र मधुमेहका समस्या देखिएपछि उनलाई दशैंअघि अस्पताल भर्ना गरिएको थियो। पछिल्ला दिनमा स्वास्थ्य अवस्था झनै गम्भीर बन्दै गएपछि भेन्टिलेटरमा राखिएको थियो। कांग्रेसका निवर्तमान सांसद … Continue reading पूर्वमन्त्री अफताव आलमको निधन

थप पढ्नुहोस् »

काठमाडौं–सिङ्गापुर रुटमा बोइङ ७३७–८ म्याक्सको सेवा स्थायी रूपमा सुरु

काठमाडौ,२१ कार्तिक । सिङ्गापुर एयरलाइन्सले काठमाडौं र सिङ्गापुरबीचको रुटमा अब बोइङ ७३७–८ म्याक्स विमान स्थायी रूपमा सञ्चालन गर्ने घोषणा गरेको छ। कम्पनीका अनुसार नयाँ विमानको सञ्चालनले यात्रुहरूलाई अझ आरामदायी, सुविधासम्पन्न र वातावरणमैत्री उडान अनुभव उपलब्ध गराउनेछ। यसअघि एयरलाइन्सले सो रुटमा बोइङ ७३७–८०० एनजी विमान प्रयोग गर्दै आएको थियो। नयाँ म्याक्स विमानको आगमनले उडान अनुभवलाई थप … Continue reading काठमाडौं–सिङ्गापुर रुटमा बोइङ ७३७–८ म्याक्सको सेवा स्थायी रूपमा सुरु

थप पढ्नुहोस् »

सुरक्षण मुद्रणका मेसिनबाट लाइसेन्स छाप्न सुरु

सरकारले अब सवारी चालक अनुमति–पत्र (लाइसेन्स) छाप्न सुरु गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षा मुद्रण केन्द्रले शुक्रबारदेखि लाइसेन्स छपाइको काम सुरु गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपास्थित केन्द्रमा रहेको मेसिनबाट लाइसेन्स छपाइको औपचारिक शुभारम्भ गरेका हुन्। उनले कानुनी उल्झन र विभिन्न कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर छपाइ सुरु … Continue reading सुरक्षण मुद्रणका मेसिनबाट लाइसेन्स छाप्न सुरु

थप पढ्नुहोस् »

इराक र पाकिस्तानबाट मुक्त भए ४३३ अफगानी

काबुल,२१ कार्तिक । पाकिस्तान र इराकमा बन्दी बनाइएका ४३३ जना अफगान नागरिकलाई गत हप्तामा रिहा गरी स्वदेश फर्काइएको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले जनाएको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पाकिस्तानको हिरासतमा रहेका ४३० जना अफगान नागरिकलाई दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा नाकामार्फत स्वदेश फर्काइएको हो। यस्तै, विगत छ महिनादेखि इराकमा बन्दी बनाइएका अन्य … Continue reading इराक र पाकिस्तानबाट मुक्त भए ४३३ अफगानी

थप पढ्नुहोस् »

१ लाख ३६ हजार नयाँ मतदाता

काठमाडौ,२१ कार्तिक । देशभर १ लाख ३६ हजार ६० जना नयाँ मतदाता मतदाता नामावलीमा दर्ता भएका छन्। निर्वाचन आयोगले असोज १० गतेदेखि कात्तिक ३० गतेसम्म नयाँ मतदाता दर्ता गर्न सूचना जारी गरेको थियो। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार असोज १० पछि बिहीबार बेलुकासम्म १ लाख ३६ हजार ६० जना नयाँ मतदाता थपिएका हुन्। … Continue reading १ लाख ३६ हजार नयाँ मतदाता

थप पढ्नुहोस् »

काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपालका दुई जित

काठमाडौ,२१ कार्तिक । श्रीलंकामा जारी काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपाली टोलीले एकै दिन दुई जित दर्ता गरेको छ। बिहीबार भएको खेलमा नेपालले घरेलु टोली श्रीलंका र माल्दिभ्सलाई पराजित गरेको हो। नेपालले श्रीलंकालाई २५–१८, २६–२४, १९–२५ र २५–२० ले पराजित गर्‍यो भने माल्दिभ्समाथि सोझो सेटमा ३–० को जित हात पार्‍यो। यसअघिको खेलमा भने नेपाल कीर्गिस्तानसँग ३–२ … Continue reading काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपालका दुई जित

थप पढ्नुहोस् »

देशलाई छाडातन्त्रमा चलाउन प्रतिनिधिसभा विघटन गरियो: ओली

काठमाडौ,२० कार्तिक । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आफ्नो पार्टीले देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन्। बिहीबार भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा पुगेका नेता र कार्यकर्तासँग बोल्दै उनले असंवैधानिक सरकारले प्रतिनिधिसभा विघटन गरेको दाबी गर्दै त्यसको पुनःस्थापनाका लागि संघर्ष अघि बढाउने बताएका हुन्। ओलीले भने, “यो असंवैधानिक … Continue reading देशलाई छाडातन्त्रमा चलाउन प्रतिनिधिसभा विघटन गरियो: ओली

थप पढ्नुहोस् »

प्रत्यक्ष कार्यकारीको सम्भावना छैन:विप्लव

काठमाडौ,२० कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा अहिले प्रत्यक्ष कार्यकारी प्रणाली लागू गर्ने अवस्था नरहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशका उत्पीडित वर्ग, किसान, मजदुर, युवा र बुद्धिजीवीहरू अझैसम्म राज्यसत्ताबाट टाढा रहेको उल्लेख गरे। ‘नेपालका उत्पीडित वर्ग, किसान, मजदुर, युवा र बुद्धिजीवी संसद्मा पुग्न सकेका … Continue reading प्रत्यक्ष कार्यकारीको सम्भावना छैन:विप्लव

थप पढ्नुहोस् »