फिचर

महाधिवेशन नगरी चुनावमा जानु असम्भवः महामन्त्री थापा

काठमाडौ,१८ कार्तिक। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले महाधिवेशन नगरी चुनावमा जान नहुने बताएका छन्। उनले २२ भदौअघि र हालको राजनीतिक परिस्थिति फरक रहेको उल्लेख गर्दै नयाँ नेतृत्व चयन गरेर मात्र जनतामाझ जानुपर्ने आवश्यकता औंल्याए। केन्द्रीय समितिको बैठकमा धारणा राख्दै महामन्त्री थापाले महाधिवेशन कांग्रेसलाई जनतासँग जोडिने मञ्च भएको बताउँदै भने, –“हामी आन्दोलनको अग्रपंक्तिमा हुने पार्टी … Continue reading महाधिवेशन नगरी चुनावमा जानु असम्भवः महामन्त्री थापा

थप पढ्नुहोस् »

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री कार्की

काठमाडौ,१८ कार्तिक ।प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित, पारदर्शी र निःशुल्क बनाउन नीतिगत पहल आवश्यक रहेको बताएकी छन् । वैदेशिक रोजगार बोर्डको १८औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले वैदेशिक रोजगारीलाई सम्मानजनक र जिम्मेवार बनाउन सरकारले प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिईन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेकी प्रधानमन्त्री कार्कीले वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई … Continue reading वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री कार्की

थप पढ्नुहोस् »

अफगानिस्तानमा भूकम्पमा परी २४ जनाको मृत्यु

काठमाडौ,१८ कार्तिक । उत्तरी अफगानिस्तानमा सोमबार बिहान गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । दर्जनौँ घाइते भएका छन् भने कतिपय क्षेत्रमा पहिरो खस्दा घरहरू ध्वस्त र प्रमुख सडक अवरुद्ध भएका छन् । भूकम्पको केन्द्र समानगन प्रान्तको खुल्म क्षेत्र, करिब २८ किलोमिटर गहिराइमा रहेको बताइएको छ । समानगन, बाल्ख, … Continue reading अफगानिस्तानमा भूकम्पमा परी २४ जनाको मृत्यु

थप पढ्नुहोस् »

क्युआर राखिएको लाइसेन्स छाप्न सुरु

काठमाडौ,१८ कार्तिक । लामो समयदेखि रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) कार्ड छपाइ प्रक्रिया पुनः सुरु भएको छ। सरकारको निर्देशनमा यातायात व्यवस्था विभागले सोमबारदेखि अति आवश्यक परेका सेवाग्राहीहरूको लागि लाइसेन्स छाप्ने कार्य अघि बढाएको हो। विभागका निर्देशक नरहरि तिवारीका अनुसार सुरक्षण मुद्रण केन्द्रलाई करिब १ हजार सेवाग्राहीहरूको डाटा पठाइएको छ। विभागले दैनिक पाँच सयदेखि एक … Continue reading क्युआर राखिएको लाइसेन्स छाप्न सुरु

थप पढ्नुहोस् »

सिमेन्ट बोकेको ट्रक दुर्घटना

दाङ, १८ कार्तिक । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत बेलझुण्डी रंगशाला गेट नजिक सिमेन्ट बोकेको ट्रक सोमबार राति दुर्घटनामा परेको छ। ना.६ ख ४७७० नम्बरको सोना श्री सिमेन्ट बोकेको ट्रक सडकको मोडमा नियन्त्रण गुमाएर सडक छेउमा पल्टिएको स्थानीयले बताएका छन्। दुर्घटनामा मानवीय क्षति नभए पनि ट्रक र त्यसमा रहेको सिमेन्टमा क्षति पुगेको छ। घटनापछि इलाका प्रहरी कार्यालय तुलसीपुरको … Continue reading सिमेन्ट बोकेको ट्रक दुर्घटना

थप पढ्नुहोस् »

मुसहर बस्तीमा झाडापखालाको प्रकोप :बस्ती ‘सिल’

सप्तरी, १७ कार्तिक । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरमस्थित मुसहर बस्तीमा झाडापखालाको प्रकोप फैलिँदा एक साताभित्र एकै परिवारका तीन जनाको ज्यान गएको छ। थप संक्रमण फैलिन नदिन सोमबारदेखि सो बस्तीलाई ‘सिल’ गरी उपचार कार्य सुरु गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीका अनुसार बस्तीका मानिसलाई बाहिर जान रोक लगाइएको छ र आवश्यक वस्तु त्यहीँमै उपलब्ध … Continue reading मुसहर बस्तीमा झाडापखालाको प्रकोप :बस्ती ‘सिल’

थप पढ्नुहोस् »

हिमपहिरोका कारण मनास्लु पुगेका केहि पर्यटक घाइते र बेपत्ता

काठमाडौ, १७ कार्तिक। केही दिनअघिको अविरल वर्षा र हिमपातका कारण मनास्लु क्षेत्रमा पदयात्रा र आरोहणका लागि पुगेका पर्यटकहरू कठिनाइमा परेका छन्। हिमपहिरो र ढुंगापातका घटनामा परेर केही पर्यटक घाइते भएका छन् भने केही बेपत्ता रहेका छन्। सामागाउँबाट फर्कंदै गर्दा गत शुक्रबार चुमनुव्री गाउँपालिका–३ न्याकफेदीमा माथिबाट खसेको लेदो पहिरोमा परेर चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा … Continue reading हिमपहिरोका कारण मनास्लु पुगेका केहि पर्यटक घाइते र बेपत्ता

थप पढ्नुहोस् »

मन्त्रीबाट राजिनामा दिने तयारीमा कुलमान

काठमाडौ ,१७ कार्तिक । ऊर्जामन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिने तयारी गरेका छन्। सुशीला कार्की नेतृत्वको गैरदलीय सरकारमा तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका घिसिङले राजीनामा दिएर नयाँ दल दर्ता गर्ने तयारी गरेका हुन्। हाल घिसिङले भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। उनी काठमाडौँ महानगरपालिकाका मेयर बालेन … Continue reading मन्त्रीबाट राजिनामा दिने तयारीमा कुलमान

थप पढ्नुहोस् »

प्रहरीका पाँचजना डीआइजीमा बढुवा

काठमाडौँ १७ कार्तिकनेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको छ। बढुवा समितिको सिफारिसका आधारमा उनीहरूलाई डीआईजीमा पदोन्नति गरिएको हो। गृह मन्त्रालय स्रोतका अनुसार भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अवि नारायण काफ्ले डीआईजीमा बढुवा भएका छन्। गृह मन्त्रालयका सचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको बढुवा समितिले … Continue reading प्रहरीका पाँचजना डीआइजीमा बढुवा

थप पढ्नुहोस् »

स्वास्थ्य शिविरमा दार्माका ४१२ जनाले लिए सेवा

सल्यान,१७ कार्तिक । सल्यानको दार्मा गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ४१२ जनाले स्वास्थ्य सेवा लिएका छन्। दुई स्थानमा आयोजना गरिएको शिविरमा २५७ जना महिला र १५५ जना पुरुष सहभागी भएको दार्मा गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको आयोजना तथा स्वास्थ्य सेवा कार्यालय सल्यानको सहयोगमा शनिबार वडा नं. ३ र आइतबार वडा नं. ५ मा स्वास्थ्य शिविर … Continue reading स्वास्थ्य शिविरमा दार्माका ४१२ जनाले लिए सेवा

थप पढ्नुहोस् »