फिचर

पहिरोले राप्तीसहित १० राजमार्ग अवरुद्ध

दाङ,१४ भदौ । देशका विभिन्न भागमा बाढीपहिरोले आठवटा सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोलामा रहेको कोशी राजमार्ग, रसुवाको पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका हुन् । यस्तै बागलुङको कालीगण्डकी करिडोर, म्याग्दीको बेनी–दरबाङ सडक, रुकुमपश्चिमको जाजरकोट-डोल्पा भेरी करिडोर र दार्चुलाको गोकुलेश्वर–दार्चुला सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् … Continue reading पहिरोले राप्तीसहित १० राजमार्ग अवरुद्ध

थप पढ्नुहोस् »

उखु किसानले भदौ २५ देखि राजमार्ग अवरुद्ध गर्ने

काठमाडौं,१४ भदौ । उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालीन रूपमा राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका छन्। शनिबार उखु उत्पादक महासंघ र उखु उत्पादन हुने जिल्लास्तरीय संघहरूको संयुक्त बैठकले माग सम्बोधन नभएको भन्दै सशक्त आन्दोलनमा जाने निर्णय गरेको हो। बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “माग सम्बोधन गराउन थप निर्णायक आन्दोलन अपरिहार्य भएकाले सशक्त आन्दोलनका लागि सबै … Continue reading उखु किसानले भदौ २५ देखि राजमार्ग अवरुद्ध गर्ने

थप पढ्नुहोस् »

नेपालको नयाँ नक्सा संयुक्त राष्ट्रसंघमा

काठमाडौं,१४ भदौ । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको अद्यावधिक नक्सा संयुक्त राष्ट्रसंघमा पठाएको खुलेको छ। सन् २०२५ को जनवरीमै नेपालले संयुक्त राष्ट्रसंघलाई पठाएको ‘कमन कोर डकुमेन्ट अफ नेपाल’ नामक दस्तावेजसँगै नक्सा पनि समावेश गरिएको स्रोतले जनाएको छ। उक्त दस्तावेज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको हो। त्यतिबेला केपी शर्मा ओली प्रधानमन्त्री र आरजु राणा देउवा … Continue reading नेपालको नयाँ नक्सा संयुक्त राष्ट्रसंघमा

थप पढ्नुहोस् »

बाँकेमा फैलियो ‘लम्पी स्किन’

बांके,१३ भदौ । बाँके जिल्लाका सात स्थानीय तहमा पशु चौपायामा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण फैलिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका योजना अधिकृत तथा सूचना अधिकारी भोजबहादुर रावलका अनुसार जिल्लाभर एक महिनादेखि नै सङ्क्रमण देखिन थालेको हो। हाल राप्तीसोनारी, जानकी गाउँपालिका, कोहलपुर नगरपालिका, नरैनापुर गाउँपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका र डुडुवाका विभिन्न क्षेत्रमा … Continue reading बाँकेमा फैलियो ‘लम्पी स्किन’

थप पढ्नुहोस् »

नदी कटानले राजापुर क्षेत्र जोखिममा

बर्दिया,१३ भदौ । कर्णाली नदीमा जलस्तर बढेपछि राजापुर नगरपालिका–४ स्थित दलैघाट क्षेत्रमा कटान भएको छ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना (साबिक कर्णाली नदी व्यवस्थापन आयोजना) का अनुसार करिब २ सय मिटर क्षेत्र नदीले कटान गरिसकेको छ। जलमापन केन्द्रका अनुसार शुक्रबार बिहान कर्णाली नदीमा ७ मिटर पानी बढेको छ। नदीको जलस्तर १० मिटरभन्दा माथि पुगेमा बाढीको … Continue reading नदी कटानले राजापुर क्षेत्र जोखिममा

थप पढ्नुहोस् »

अछाममा छाउगोठमा सुतेका दुईको मृत्यु, एक घाइते

अछाम ,१३ भदौ । अछाममा छाउगोठमा सुतेका बेला भीरबाट खसेको ढुंगाले किच्दा दुईजनाको मृत्यु भएको छ । घटनामा एकजना घाइते भएकी छन्। पञ्चदेवल विनायक नगरपालिका–८, सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मंगलसेन नगरपालिका–६ की सात वर्षीया कविता भण्डारीको शुक्रबार (भदौ १३) बिहान घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख ओमप्रकाश खनालले जानकारी … Continue reading अछाममा छाउगोठमा सुतेका दुईको मृत्यु, एक घाइते

थप पढ्नुहोस् »

रुबी हत्याका आरोपी पासवानको पनि मृत्यु

काठमाडौं ,११ भदौ ।रौतहटमा रुबी कुमारी साहको हत्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको किर्तिपुर बर्न अस्पतालमा निधन भएको छ। गत शनिबार राति पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका पासवानलाई प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको थियो। साढे पाँच बजे उनको मृत्यु भएको पुष्टि भएको छ। ३० वर्षीय लक्ष्मण पासवानले रुबी कुमारी साहलाई आफ्नो कोठामा हत्या … Continue reading रुबी हत्याका आरोपी पासवानको पनि मृत्यु

थप पढ्नुहोस् »

सिन्धुली जान खोजेका थिए रिना-रोशनी : जान नपाएपछि सम्पर्कविहीन

काठमाडौं,११ भदौ । तीजको रमझम गाउँदेखि सहरसम्म चलेको थियो। चेलीबेटीहरू नाचगानमा रमाइरहेका थिए। तर, त्यही दिन १६ वर्षीया रिना विक र १३ वर्षीया रोशनी थापा भने घर जान खोज्ने योजनासहित हराएझैँ बनेका छन्। चितवनमा बस्दै आएका दुवै दिदी–बहिनीका छोरी तीजका लागि सिन्धुलीको इन्द्रावती गाउँपालिका–७ सितापोखरी घर जाने सोचमा थिए। रोशनीले परिवारसँग घर जाने अनुमति मागेकी … Continue reading सिन्धुली जान खोजेका थिए रिना-रोशनी : जान नपाएपछि सम्पर्कविहीन

थप पढ्नुहोस् »

एक महिनामा १४ अर्ब बढी सार्वजनिक ऋण : कुल सार्वजनिक ऋण २७ खर्ब नजिक

काठमाडौँ,११ भदौ । मुलुकमा सार्वजनिक ऋण चुलिँदै गएको छ । त्यस्तो ऋण चुलिँदै जाँदा मुलुकलाई व्ययभार चर्किंदै गएको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार सार्वजनिक ऋण २७ खर्ब नजिक पुगेको छ । श्रावणमा मात्रै १४ अर्ब २ करोड ऋण थप भएको छ । योसँगै असारमा कूल सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब … Continue reading एक महिनामा १४ अर्ब बढी सार्वजनिक ऋण : कुल सार्वजनिक ऋण २७ खर्ब नजिक

थप पढ्नुहोस् »

दाङ–रूपन्देही समाजको सभा तथा तिजमिलन कार्यक्रम

दाङ,९ भदौ । दाङ–रूपन्देही सम्पर्क समाज, परिवार बुटवलले आफ्नो दोस्रो साधारण सभा तथा तिजमिलन कार्यक्रम सम्पन्न गरेको छ। बुटवल उपमहानगरपालिका वार्ड न.१ का वडा अध्यक्ष नरेन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा समाजका पदाधिकारी, आजिवन सदस्य, साधारण सदस्य, लगायतको सहभागिता रहेको थियो। साथै, कार्यक्रममा समाजको अक्षय कोष स्थापना गरिएको छ। प्रमुख अतिथि बस्नेतले … Continue reading दाङ–रूपन्देही समाजको सभा तथा तिजमिलन कार्यक्रम

थप पढ्नुहोस् »