फिचर

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु : दुई छोरासहित चारजना घाइते

सर्लाही ,२६ साउन । मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। सर्लाहीको बागमती नगरपालिका–१२, बागमती पुल–भरत ताल सडकखण्डमा सोमबार दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो। दुर्घटनामा बारा कोल्हवी नगरपालिका–९ बस्ने ४२ वर्षीया इनरवती चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक बालिस्टर … Continue reading मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु : दुई छोरासहित चारजना घाइते

थप पढ्नुहोस् »

रुकुमपश्चिमका स्थानीय तहको बेरुजु एक अर्ब २५ करोड नाघ्यो

रुकुमपश्चिम, २६ साउन । रुकुमपश्चिम जिल्लाका स्थानीय तहहरूको बेरुजु प्रत्येक वर्ष बढ्दै गएको छ । स्थानीय तहहरुले प्रचलित कानुनी प्रक्रिया नअपनाई गरेका आर्थिक कारोबारका कारण हरेक वर्ष बेरुजु रकम बढ्दै गएको हो । महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०÷८१ सम्म जिल्लाभित्र रहेका छ वटा स्थानीय तहहरूको जम्मा बेरुजु रकम एक अर्ब २५ करोड … Continue reading रुकुमपश्चिमका स्थानीय तहको बेरुजु एक अर्ब २५ करोड नाघ्यो

थप पढ्नुहोस् »

बेरुजु फर्छ्योट सरकारको प्राथमिकतामा: मुख्यमन्त्री आचार्य

दाङ ,२५ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन कायम राख्न बेरुजु फर्छ्योटलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताएका छन्। प्रदेश सभा सार्वजनिक लेखा समितिद्वारा बेरुजु फर्छ्योट विषयमा आइतबार प्रदेश सभा सचिवालयमा आयोजित बैठक तथा छलफललाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले हरेक मन्त्रालय र मातहतका कार्यालयले बेरुजु फर्छ्योटलाई प्राथमिकतामा राखी योजना निर्माण गर्न र कार्यान्वयनमा … Continue reading बेरुजु फर्छ्योट सरकारको प्राथमिकतामा: मुख्यमन्त्री आचार्य

थप पढ्नुहोस् »

कैदीबन्दीको कब्जामा कारागारः प्रहरी गेट बाहिरै

कैलाली, २५ साउन । शुक्रवार मध्यराति कैदीबन्दीबीच भएको झडपपछि कैलाली कारागारको अवस्था अझै सामान्य बनेको छैन। कारागारभित्रको नियन्त्रण अहिले पनि कैदीबन्दीहरूकै हातमा छ भने सुरक्षाकर्मीहरू गेट बाहिरछन्। झडप भएको केहीबेरपछि सुरक्षाकर्मीले बल प्रयोग गरी मृतकको शव र घाइतेहरूको उद्धार गरेका थिए। तर त्यसयता कैदीबन्दीहरूले भित्रबाट कारागारमा ताला लगाई सुरक्षा फौजलाई प्रवेश गर्न अवरोध गर्दै आएका … Continue reading कैदीबन्दीको कब्जामा कारागारः प्रहरी गेट बाहिरै

थप पढ्नुहोस् »

राहत शिक्षकद्वारा पालिकाको मूल गेटमा धर्ना

दाङ,२५ साउन। तुलसीपुर उपमहानगरपालिकाको मूल गेटमा राहत शिक्षकहरू धर्नामा बसेका छन्। माग पूरा नभएको भन्दै नेपाल राहत शिक्षक स्थानीय कार्यसमिति तुलसीपुरको अगुवाइमा धर्ना कार्यक्रम गरिएको हो। नेपाल राहत शिक्षक स्थानीय कार्यसमिति तुलसीपुरका सचिव प्रकाश शर्माका अनुसार, गत वर्ष शिक्षक महासंघले काठमाडौंमा गरेको २९ दिन लामो आन्दोलनपछि भएका सहमति तथा प्रतिबद्धता अहिलेसम्म कार्यान्वयन नभएकाले देशभर एकैसाथ … Continue reading राहत शिक्षकद्वारा पालिकाको मूल गेटमा धर्ना

थप पढ्नुहोस् »

सरकारको अनलाइन दर्ता नीति अलोकतान्त्रिक र आपत्तिजनक : पत्रकार महासंघ

काठमाडौं, २२साउन । नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता, सञ्चालन र नवीकरण प्रमुख जिल्ला अधिकारी (सिडिओ) को कार्यालयमार्फत गर्न ल्याइएको सरकारी नीतिलाई अलोकतान्त्रिक, अस्पष्ट र आपत्तिजनक भन्दै कडा आलोचना गरेको छ। छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा संशोधन गरी अनलाइन सञ्चारमाध्यम सिडिओ कार्यालयमा दर्ता गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएपछि महासंघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी … Continue reading सरकारको अनलाइन दर्ता नीति अलोकतान्त्रिक र आपत्तिजनक : पत्रकार महासंघ

थप पढ्नुहोस् »

जलस्रोत तथा सिँचाइ डिभिजनको सार्वजनिक सुनवाई: आयोजनाको स्थायित्व हुनुपर्नेमा जोड

दाङ,२१ साउन। जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय तुलसीपुरले सार्वजनिक सुनाई कार्यक्रम सम्पन्न गरेको छ। कार्यालयले आर्थिक वर्ष २०८१/ ८२ मा सम्पन्न कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत समेत गरेको हो। उक्त कार्यक्रममा आयोजनाको प्रभावकारिता चुनौती स्थानीय सहभागिता र वातावरण मैत्री विकासको विषयमा छलफल समेत गरिएको थियो। कार्यक्रममा डिभिजन प्रमुख कृष्णबहादुर विकले आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न भएका … Continue reading जलस्रोत तथा सिँचाइ डिभिजनको सार्वजनिक सुनवाई: आयोजनाको स्थायित्व हुनुपर्नेमा जोड

थप पढ्नुहोस् »

लुम्बिनीका सामाजिक विकास मन्त्रीद्वारा कक्षा १२ मा उत्तीर्ण विद्यार्थीलाई बधाई

दाङ, २०साउन। लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले कक्षा १२ को परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई बधाई ज्ञापन गरेका छन्। राष्ट्रिय परीक्षा बोर्डद्वारा साउन १९ गते प्रकाशित नतिजामा लुम्बिनी प्रदेश सहित देशभरका वर्गीकृत विद्यार्थीहरूलाई बधाई ज्ञापन गरेका हुन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले कक्षा १२ मा उत्तीर्ण अर्थात् वर्गीकृत भएका सम्पूर्ण विद्यार्थीलाई बधाई … Continue reading लुम्बिनीका सामाजिक विकास मन्त्रीद्वारा कक्षा १२ मा उत्तीर्ण विद्यार्थीलाई बधाई

थप पढ्नुहोस् »

दाङसहित धेरै स्थानहरू ‘रेड जोन’मा:सतर्क रहन विज्ञको आग्रह

दाङ,२० साउन। देशभर मनसुनी वायुको तीव्र प्रभाव कायम रहेका बेला दाङसहित लुम्बिनी प्रदेशका धेरै स्थानहरू बाढीको ‘रेड जोन’ मा परेका छन्। लगातारको वर्षाका कारण दाङ, बाँके, बर्दिया लगायत जिल्लामा बहने साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत क्षेत्रमा आकस्मिक बाढीको उच्च जोखिम … Continue reading दाङसहित धेरै स्थानहरू ‘रेड जोन’मा:सतर्क रहन विज्ञको आग्रह

थप पढ्नुहोस् »

संस्थापक विपीप्रति बेवास्ता : स्मृति दिवसको चारदिनपछि शालिकमा माल्यार्पण,आएनन् नेताहरु

दाङ,१० साउन । नेपाली काँग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३औँ स्मृति दिवस साउन ६ गते मनाइयो। दाङमा विभिन्न कार्यक्रम भए पनि तुलसीपुरको विपी चोकमा रहेको शालिकमा भने नेताहरूको उपस्थिति देखिएन। स्मृति दिवसको अवसरमा काँग्रेस दाङले दंगीशरण गाउँपालिका–६ स्थित भानु माध्यमिक विद्यालयको प्राङ्गणमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा जिल्ला सभापति … Continue reading संस्थापक विपीप्रति बेवास्ता : स्मृति दिवसको चारदिनपछि शालिकमा माल्यार्पण,आएनन् नेताहरु

थप पढ्नुहोस् »