फिचर

दलित विधेयकको माग गर्दै मुख्यमन्त्री कार्यालयमा धर्ना

सुर्खेत,११ पुस। मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अगाडि ४ जना युवाहरू धर्ना बसेका छन् । कर्णाली प्रदेश सरकारले ६ वर्षदेखि दलित विधेयक अलपत्र पारेको भन्दै उनीहरु १० दिनदेखि धर्नामा बसेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि दलित युवाहरू विधेयक माग्दै धर्नामा बसेका हुन् । दलित विधेयक तत्काल निर्माणको माग राख्दै आफूहरू यही पुस २ गतेबाट … Continue reading दलित विधेयकको माग गर्दै मुख्यमन्त्री कार्यालयमा धर्ना

थप पढ्नुहोस् »

अटो दुर्घटना हुँदा एकजनाको मृत्यु , दुई घाइते

दाङ,१० पुस। दाङमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि दुईजना घाइते भएका छन्। बुधबार गढवा गाउँपालिका वडा नम्बर ५ कक्रहवा स्थित गढवा कोइलाबास सडकखण्डमा भएको दुर्घटनामा परि एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवा प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिए। राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैयाबाट कोइलावासतर्फ जाँदै गरेको रा … Continue reading अटो दुर्घटना हुँदा एकजनाको मृत्यु , दुई घाइते

थप पढ्नुहोस् »

अवरुद्ध हवाईसेवा सुचारु

सिमकोट, १० पुस। हिमाली जिल्ला हुम्लाको हवाई सेवा सुचारु भएको छ। हिमपातका कारण अवरुद्ध हुँदै आएको हवाई सेवा आजबाट सुचारु भएको हो । हिमपात भएपछि हवाई सेवा प्रभावित भएकोमा मौसममा सुधार आएको र विमानस्थमा जमेको हिउँ पग्लेपछि हवाई सेवा सुचारु भएको सिमकोट विमानस्थल प्रमुख महेन्द्रबहादुर सिंहले बताए। यसअघि सिमकोट विमानस्थलसमेत सेताम्मे देखिएको थियो। विमानस्थल सफा … Continue reading अवरुद्ध हवाईसेवा सुचारु

थप पढ्नुहोस् »

शिक्षक संघ दाङको प्रतिनिधि सभा हुने

हेमराज शर्मा, १० पुस। नेपाल शिक्षक संघ दाङको जिल्लाको प्रतिनिधि सभा हुने भएको छ। संघले आगामी माघ २६ गते उक्त शभा सम्पन्न गर्ने निर्णय गरेको छ। संघको आज घोराहीमा सम्पन्न पूर्ण बैठकले आगामी माघमा सभा सम्पन्न गर्ने निर्णय गरेको हो। नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाँगीको अध्यक्षतामा सम्पन्न भएको बैठकले सबै पालिकाहरुकाे स्थानीय प्रतिनिधि … Continue reading शिक्षक संघ दाङको प्रतिनिधि सभा हुने

थप पढ्नुहोस् »

६२ जना यात्रु बोकेको जहाज दुर्घटना:२५ जना बाच्न सफल

बाकु। कजाकस्तामा यात्रुवाहक जहाज दुर्घटना हुँदा दर्जनौँ यात्रुले ज्यान गुमाएका छन् । बुधबार अजरबैजानबाट रसियाको चेचेन्या गइरहेको उक्त जहाज दुर्घटना भएको हो । दुर्घटना हुँदा २५ जना यात्रु बाँच्न सफल भएका छन् । कजाकस्तानको आपतकालीन उद्धार मन्त्रालयले जहाज दुर्घटनामा परेकामध्ये २५ जना बाँचेको जनाएको छ । जहाज खुला चौरमा बजारिएको र जहाजको केही भागमा आगो … Continue reading ६२ जना यात्रु बोकेको जहाज दुर्घटना:२५ जना बाच्न सफल

थप पढ्नुहोस् »

धरहराबाट एकमहिनामा ५५ लाख राजस्व संकलन

काठमाडौं,१० पुस। पुनः निर्माण गरिएको धरहराबाट एकमहिनामा ५५ लाख राजस्व संकलन भएको छ।विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति भएपछि पुनः निर्माण सम्पन्न गरिएको ऐतिहासिक धरहरा शुल्कसहित सञ्चालन भएको आज एक महिना पुगेको छ । यस अवधिमा प्रवेश शुल्क स्वरूप रू ५५ लाख राजस्व सङ्कलन भएको छ । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको … Continue reading धरहराबाट एकमहिनामा ५५ लाख राजस्व संकलन

थप पढ्नुहोस् »

रविसहित चारजना अदालतमा उपस्थित

कास्की,९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित चारजनालाई अदालतमा उपस्थित गराइएको छ। सहकारी ठगीमा प्रकरणमा मुद्दा दायर भएका रवि लामिछाने, छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई जिल्ला अदालत कास्कीमा उपस्थित गराएको हो । चार जनालाई अदालत उपस्थित गराइए पनि छविलाल जोशीको मात्रै बयान भइरहेको छ । छविको बयान सकिएपछि मात्रै अरूको सुरु … Continue reading रविसहित चारजना अदालतमा उपस्थित

थप पढ्नुहोस् »

प्रज्ञा प्रतिष्ठानको बिधयेक अघि बढाउने तयारी छ: मुख्यमन्त्री आचार्य

दाङ,९ पुस। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रज्ञा प्रतिष्ठानको विधेयक अगाडि बढाउने बताएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्य सचिव देवेन्द्र थुम्केलीलगायतका प्रतिनिधिसँग मंगलबार भएको छलफलमा मुख्यमन्त्री आचार्यले प्रतिष्ठान गठनलागी बिधयेक अगाडि तयारी भएको बताएका हुन् । ‘मेरो रुचिको विषय पनि हो । साथीहरुसँग सरसल्लाह पनि गरेको छु । प्रदेश … Continue reading प्रज्ञा प्रतिष्ठानको बिधयेक अघि बढाउने तयारी छ: मुख्यमन्त्री आचार्य

थप पढ्नुहोस् »

विद्यार्थीहरूद्वारा परियोजना कार्य सम्पन्न: स्वास्थ्य चौकी र वडा कार्यालयको अवलोकन

दाङ,८ पुस। नमुना इङ्लिस बोर्डिङ स्कुलका कक्षा ८ का विद्यार्थीहरूले स्थानीय पाठ्यक्रम हाम्रो तुलसीपुर अन्तर्गत परियोजना कार्य सम्पन्न गरेका छन्। शिक्षक कृष्ण अधिकारीको नेतृत्वमा विद्यार्थीहरूले तुलसीपुर उपमहानगरपालिका वडा नं. १० स्थित स्वास्थ्य चौकी र वडा कार्यालयको अवलोकन गरेका थिए। अवलोकनका क्रममा विद्यार्थीहरूले स्वास्थ्यसम्बन्धी तथ्याङ्क संकलन गर्नुका साथै वडाबाट जनतामा प्रवाहित हुने सेवा सुविधाबारे विभिन्न जिज्ञासाहरू … Continue reading विद्यार्थीहरूद्वारा परियोजना कार्य सम्पन्न: स्वास्थ्य चौकी र वडा कार्यालयको अवलोकन

थप पढ्नुहोस् »

गाउँका उद्यमीलाई शहरसँग जोडौं: पूर्व मुख्यमन्त्री चौधरी

दाङ,८ पुस। लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले साना उद्यमीहरुलाइ शहरसंग जोडेर लैजानुपर्ने बताएका छन् । गाउंमा रहेका साना उद्योगहरुलाइ व्यावसायिक बनाउनका लागि शहरसंग जोड्ने खालको रणनीति बनाउनुपर्ने उनले बताएका हुन् । तुलसीपुरमा आज सोमबारदेखि सुरु भएको २ महिने ब्युटिसियन तालिमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले सिपलाइ उद्यमशीलतामा परिणत गर्नेखालको नीति … Continue reading गाउँका उद्यमीलाई शहरसँग जोडौं: पूर्व मुख्यमन्त्री चौधरी

थप पढ्नुहोस् »