दाङ । तुलसीपुरमा बिहीबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेसहित २१ जनामा कोरोना संक्रमण देखिएको उपमहानगरपालिकाका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिएका छन् ।
फिभर देखिएपछि असोज २० गते मंगलबार नगरप्रमुख पाण्डेको स्वाब लिइएको थियो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चेक गर्दा पाण्डेमा कोरोना पोजेटिभ देखिएको छ । कोरोना पोजेटिभ आएपछि नगरप्रमुख पाण्डेले सबैलाई सहज रहन अनुरोध समेत गरेका छन् । ‘जनताको काममा खटिएका बेलामा संक्रमण भएपनि जनतामै मायाले छिटै निको हुने विश्वास छ ’ उनले भनेका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस