body1

दाङको कोरोना अस्पताल बेलझुण्डीमा १ महिलाको ज्यान गयो


असोज २४, २०७७


दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा पहिलो पटक कोरोना संक्रमितको ज्यान गयको छ ।

ad

रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ निबासी ६६ बर्षकी कोरोना संक्रिमत महिलाको उपचारको क्रममा आज बिहान ८ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो ।

ad

रुपन्देहीको प्रादेशिक र धागो अस्पतलामा आईसीयु बेड नभएपछि उनलाई थप उपचारका लागि गएराति साढे १० बजे बेलझुण्डी ल्याइएको थियो । उनलाई असोज २२ गते रुपन्देहीको प्रादेशिक अस्पतालमा भर्ना गरीएको थियो । मृतक कोरोना संक्रमित महिलाको शव व्यवस्थापन नेपाली सेनाले गरेको छ ।

ad ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="