दाङ,११ जेठ । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिएको छ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
उनलाई प्रदेश सभा भवनमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तीमगरसहित मन्त्री तथा प्रदेश सभा सदस्यहरूले स्वागत गरेका थिए। सो अवसरमा नेपाल प्रहरीको एक टुकुडीले सम्मान सलामीसमेत दिएको थियो।
प्रदेश सरकारका अनुसार आगामी वर्षको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधार विकास, रोजगार, शिक्षा, स्वास्थ्य तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ।
प्रतिक्रिया दिनुहोस