दाङ। पश्चिम दाङको बबई गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत सहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलसहित ५ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमण पुष्टि हुनेमा प्रमुख प्रशाकिय अधिकृत भिष्मकुमार मल्ल, वडा नम्बर २ का अध्यक्ष चिन्तामनी शर्मा र १ जना इन्जिनियर राजेश देवकोटा रहेका बबईका कोरोना फोकल पर्सन शरदराज गिरीले जानकारी दिनुभयो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस