काठमाण्डाै । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९४२ जनामा काेभिड–१९ (कोरोना भाइरस)को संक्रमण पुष्टि भएको छ ।
पछिल्लाे २४ घण्टामा १४ हजार आठ सय ७५ जनाकाे नमुना परीक्षण गरिएकाे मन्त्रालयले जनाएकाे छ । त्यस्तै गएकाे २४ घण्टामा दुई हजार तीन सय २६ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ९२ हजार एक सय ६६ पुगेको छ ।
यस्तै गएको २४ घण्टामा १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात सय ३९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस