दाङ। तुलसीपुरमा बुधवार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिकबाट लिएको स्वाव पीसीआर परीक्षण गर्दा पत्रकार र बैंकमा कर्मचारी सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरका कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए ।
संक्रमित हुनेमा वडा नं. ३ का १ जना, वडा नं. ५ का ४ जना, वडा नं. ६ का ६ जना रहेका छन् । त्यस्तै वडा नं.७ का १ जना, वडा नं. ११ का २ जना र वडा नं. १८ का १ जना रहेको फोकल पर्सन केसीले जानकारी दिए ।
त्यस्तै फलोअपमा रहेका १४ दिन पछि जाच गराएका ३ जनामा पनि पुनः पोजेटिभ देखिएको छ । योसंगै तुलसीपुरमा कुल संक्रमित संख्या ४१२ जना र सक्रिय संक्रमित संख्या १७६ जना छन् । साथै हाल सम्म कोरोना मुक्त भइ घर फर्किएकाको संख्या २५६ जना रहेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस