दाङ । दाङका थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
लमही नगरपालिका वडा नं. ५ निवासी ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । केहि दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उपचारकालागि नेपालगंज मेडिकल कलेज कोहोलपुर लगिएको थियो । उनी उच्च रक्तचाप र मधुमेहरोगबाट ग्रसित थिए ।
असोज २७ गते पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उनमा कोरोना देखिएपछि नेपालगञ्ज मेडिकल कलेज कोहोलपुरमा आइसोलेसनमा भर्ना भएका थिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस