वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। उनलाई मंगलबार कोरोना संक्रमण भएको हो।
उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दसैँमा झापाको मेचीनगरस्थित घर पुगेका आएका थिए।
विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको पनि स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए। हाल उनी घरमै आइसोलेसनमा रहेका छन्।
यसैगरी उनका छोरालाई पनि कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ। – रासस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस