राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई २ सय बेडको स्वीकृती


कार्तिक १४, २०७७


दाङ। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको स्तर वृद्धि भएको छ ।

ad

ad

सचिव स्तरीय निर्णयबाट अस्पताललाई २ सय बेडको स्वीकृत प्रदान गरिएको छ । यस अघि ५० बेडको स्वीकृत भएपनि ९५ बेडमा संचालन हुदै आएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्तरीय बैठकको निर्णयले अस्पताल व्यवस्थापन संचालनका लागि १० करोड पाँच लाख बजेट समेत विनियोजन गरेको छ ।

यसका लागि लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाले सम्बन्धित अस्पतालहरुलाई कार्यान्वयनका लागि परिपत्र समेत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="