after_navbar

दाङमा कोरोनाबाट थप १ जनाको ज्यान गयो


कार्तिक १५, २०७७


दाङ। दाङ घोराहीका एक कोरोना संक्रमित ७० बर्षिय पुरुषको शनिबार विहान बाँकेमा मृत्यु भएको छ।

घोराही उपमहानगरपालिका वडा नंं ४ निवासी ७० वर्षीय पुरुषको उपचारका क्रममा बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा शनिबार विहान ५ बजे मृत्यु भएको हो।

बाँकेका जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनलाई कात्तिक ११ गते आइसियूमा भर्ना गरिएको थियो।

आशंका लागेर स्वाब परीक्षण गर्दा उनलाई कात्तिक १२ गते बेलुका कोरोना संक्रमन पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस

data-href="