दाङ। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रमुखमा डा. विनोद सिंह नियुक्त भएका छन् ।
अस्पतालका प्रमुख तथा मेडिकल सुपरीटेन्डेन्ट डा. सर्वेश शर्माले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएपछि लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय मुकाम बुटवले रिक्त रहेको पदमा डा. सिंहलाई नियुक्त गरेको हो ।
डा. शर्माले गएको बिहीबार राजीनामा दिएका थिए । प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. विनोद सिंह यस अघि अस्पतालको निमित्त मेसु भएर जिम्मेवारी समहाली सकेका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस