काठमाडौं । उद्यमी तथा सांसद विनोद चौधरीले बंगलादेशमा आयोजना हुने बंगलादेश विजनेस अवार्डमा मुख्य वक्ताको रुपमा सहभागी हुने भएका छन्।
बंगलादेशका सफल तथा प्रभावशाली व्यक्तिहरुलाई सम्मान गरिने सो कार्यक्रममा बंगलादेशका वाणिज्य मन्त्री टिपु मुन्सी प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन्।
सन् २००० देखि सुरु भएको सो प्रतिष्ठित कार्यक्रमको शनिबार १९औं संस्करण आयोजना हुन लागेको हो।
२४ देशमा ७९ ब्रान्डका १ सय ६९ कम्पनी रहेको नेपाली बहुराष्ट्रिय कम्पनी सीजी कर्प ग्लोबलका अध्यक्ष रहेका चौधरी नेपालका सफल व्यवसायी मानिन्छन्।
अन्तर्राष्ट्रिय पत्रिका फोर्ब्सले चौधरीलाई नेपालको पहिलो अर्बपति (डलर) को रुपमा सूचिकृत गरेको थियो।
प्रतिक्रिया दिनुहोस