काठमाण्डाै । नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४६ हजार ६ सय ९४ पुगेकाे छ । शुक्रबार थप एक हजार ४४ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
सात हजार चार सय १४ जनाकाे नमुना परीक्षण गर्दा एक हजार ४४ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा एक हजार दुई सय ७१ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे कुल सङ्ख्या दुई लाख ३२ हजार आठ सय ७२ पुगेको छ ।
२४ घण्टामा थप ११ जना सङ्क्रमितकाे ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार ६ सय ७४ पुगेकाे छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस