कोरोना निको हुनेको संख्या २ लाख ४२ हजार नाघ्यो, देशभर थप ७ सय १० जनामा कोरोना पुष्टि


पुष ०४, २०७७


दाङ। पछिल्लो २४ घण्टामा देशभर थप ७ सय १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

शनिबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय १० जनामा कोरोना पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ११७५ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४२ हजार ५ सय ६७ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ७७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="