after_navbar

नक्कली पीसीआर रिपोर्ट बनाउने ७ जना विमानस्थलबाट पक्राउ


पुष १, २०७७


काठमाण्डाै । नक्कली पीसीआर रिपोर्टसहित विदेश जान लागेका सात जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

शनिबार साँझ फ्लाई दुबईको उडानमार्फत दुबई जानको लागि विमानस्थल पुगेका सल्यानको खैरागर घर भएका दिनेश सिंहसहित सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।

ad

उनीहरूकाे साथमा रहेको पीसीआर रिपोर्ट नक्कली भएको शङ्काको आधारमा सोधपुछ गर्दा फरक व्यवहार देखाएपछि अनुसन्धान गरिएको र उनीहरूकाे रिपोर्ट नक्कली पुष्टि भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="