पर्सेनिमा राष्ट्रिय खोप कार्यक्रमको बारेमा अन्तरकृया सम्पन्न


पुष २३, २०७७


दाङ । तुलसिपुर उपमहानगरपालिका वडा नं ७ मा रहेको नगर स्वाथ्य केन्द्र पर्सेनीको आयोेजनामा आज राष्ट्रिय खोप कार्यक्रमको बारेमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा तुलसिपुर उपमहानगरपालिकालाई पुर्ण खोप मुक्त उपमहानगरपालिका घोषणा गर्ने उदेश्यले तुलसिपुर उपमहानगरपालिका ७ मा रहेको नगर स्वाथ्य केन्द्र पर्सेनीबाट संचालनमा रहेको २ वटा खोप केन्द्रलाई बढाएर ३ वटा बनाएको छ । जस्मा नगर स्वाथ्य पर्सेनी, जितपुर र झुमरेका साथै सिर्दाथ नगर टोलमा खोप संचालन गर्ने निर्णय गरीएको छ ।

माघ महिनाको १० र ११ गते नगर स्वाथ्य पर्सेनी, जितपुरमा खोप कार्यक्रम संचाल गरीने र फागन महिनामा ३ वटै केन्द्रमा खोप संचालन गरीनेछ । यो भन्दा पहिले हलवार स्वाथ्य चौकी देखि संचालन हुने खोप कार्यक्रम अबदेखि नगर स्वाथ्य केन्द्र पर्सेनीले नै संचालनमा ल्याउनेछ । अब नगर स्वाथ्य केन्द्र पर्सेनीले नगर स्वाथ्य केन्द्र पर्सेनीमा रहनु भएका महिला स्वाथ्य स्यमसेबीकाहरु लाई तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ७ मा रहका सम्पुर्ण टोल बिकाश सस्थामा ५ वर्ष मुनिका बालबालिका, अपाङ्ग, जेष्ठ नागरीक, दिर्घरोगका बिरामि गर्भवती लगाएतको बिवरण संकलन गर्न समेत लगाईएको नगर स्वाथ्य केन्द्र पर्सेनीका इन्चार्ज बासुदेब चौधरीले जानकारी दिनुभयो ।

कार्यक्रमको बारेमा ईन्चार्ज बासुदेब चौधरी र अहेब हरीकुमारी डि.सि ले प्रकाश पार्नु भएको थियो । कार्यक्रममा तुलसिपुर उपमहानगरपालिका वडा नं ७ का वडा अध्यक्ष टोप बहादुर के.सि, मा.बि. कालाखोलाका प्रधानाध्यापक राजिब ओझा, अस्थायी प्रहरी चौकी पर्सेनीका प्रतिनिधि, बाल कलबका प्रतिनिधि, महिला स्वाथ्य स्यमसेबीका लगाएतका को सहभागि रहेको थियो ।

ad ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="