after_navbar

तुलसीपुरमा २०७ जनाले कोरोना विरुद्धको खोप लगाए


माघ १५, २०७७


दाङ। तुलसीपुरमा २०७ जनालाई कोरोना विरुद्धको खोप लगाईएको छ ।

बुधवारदेखि दाङमा शुरु भएको खोप लगाउने शुरु गरिएको थियो । तुलसीपुर उपमहानगरका कोभिड १९ फोलक पर्सन विमल केसीका अनुसार महिला स्वास्थ्य स्वयंमसेविका १ ,चालक १,स्वास्थ्यकर्मीहरु ९३ जना र अन्य सरसफाई तथा कर्मचारीहरु २५ जना गरि जम्मा १२० जनालाई बिहीवार खोप प्रदान गरिएको छ । खोप प्राप्त गर्नेहरुमा स्वास्थ्य चौकी , सरकारी अस्पताल , निजि अस्पताल ,दर्तावाला पोलिक्लिनकमा कार्यरत स्वास्थ्यकर्मीहरु , एम्वुलेन्स चालक ,सरसफाईकर्मीहरु , तथा अन्य अस्पताल कर्मचारी रहेको समेत उनले बताए ।

ad

यो खोप अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीहरु र अन्य व्यक्तिहरुलाई तुलसीपुरमा २३ गते सम्म प्रदान गरिने समेत फोकल पर्सन केसीले जानकारी दिए । तुलसीपुरमा मात्रै ९७५ जनालाई खोप लगाउने लक्ष्य राखिएको समेत उनको भनाइ छ । त्यस्तै अन्य पालिकाहरूको समेत गरि पहिलो चरणमा १२७५ जनालाई खोप लगाउने लक्ष्य रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="