दाङ : राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको खोप केन्द्रबाट हाल सम्म ८७९ जनाले कोरोना विरुद्ध खोप लगाएका छन् । तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका र बबई गाउँपालिकाका स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा खटिएका ब्यक्तिहरु लगाएका हुन् । बुधवार मात्र १२० जना ब्यक्तिले खोप लगाएको तुलसीपुर उपमहानगरका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिए ।
फोकल पर्सनका अनुसार उपमहानगरमा कार्यरत अग्रपङ्क्तिमा खटिने ६७० जना, दंगीशरणका ७४ जना, शान्तिनगरका ६० जना र बबईका ७५ जनाले खोप लगाएका छन् । त्यस्तै, खोप लगाउने मध्य ४४९ जना स्वास्थ्यकर्मी, प्रशासन तथा सहयोग १८५ जना, महिला स्वास्थ्य स्वंयमसेविका १८४ जना, स्थानियतह सरसफाईकर्मी ३० जना, एम्बुलेन्स तथा सब बहान चालक १२ जना रहेको राप्ती प्रादेशिक अस्पतालले जनाएको छ । त्यस्तै, सव ब्यवस्थापन गर्ने सुरक्षाकर्मी १९ जना गरी कुल ८७९ जनाले खोप लगाएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस