विश्वमा कोरोना भाइरसको सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ करोड नाघेको छ । १४ महिनाअघि सुरु भएको कोरोना भाइरसका सङ्क्रमितको उपचारका लागि औषधि तयार भइनसके पनि उपचार विनै तथा लक्षण अनुसारको उपचारबाट आठ करोडभन्दा धेरै सङ्क्रमित निको भएका हुन् । यो कुल सङ्क्रमितको ७४ प्रतिशतभन्दा धेरै हो ।
विश्वका सबैजसो ठाउँमा फैलिसकेको कोरोना भाइरसबाट अहिलेसम्म १० करोड ८३ लाख ३५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै सङ्क्रमितमध्ये २३ लाख ७९ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् ।
अहिले विश्वमा दुई करोड ५४ लाखभन्दा धेरै सक्रिय सङ्क्रमित छन् भने तीमध्ये भण्डै एक लाख जना गम्भीर बिरामी रहेका वर्ल्डोमिटरले जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस