after_navbar

फेरि बढ्यो कोरोना संक्रमण दर, सभा र जुलुस नगर्न सरकारको आह्वान 


चैत ०८, २०७७


काठमाडौं । कोरोना संक्रमण दर बढ्न थालेपछि सरकारले सभा, जुलुस र भेला नगर्न अनुरोध गरेको  छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गदै सभा जुलुस गर्नमा रोक लगाएको हो । भारतमा कोरोनाभाइरस संक्रमण दर बढेपछि नेपालमा पनि संक्रमण फैलिने सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

ad

मन्त्रालयले संक्रमणबाट जोगिन साबुन पानीले हात धुने र सेनिटाइजर लगायत जनस्वास्थ्यको मापदण्ड पालना गर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ । नेपालमा आइतबार ७७ जनामा संक्रमण पुष्टि भएको छ  ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="