दाङ। तुलसीपुरमा वडा अध्यक्षलाई कोरोना देखिएपछि वडा कार्यालय बन्द गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्षलाई कोरोना पुष्टि भएपछि वडा कार्यालय बन्द गरिएको हो ।
वडा कार्यालय बुधबार दिउँसो १ बजे देखि शुक्रबार सम्म बन्द गर्ने निर्णय गरिएको वडा सदस्य दुजमान भण्डारीले जानकारी दिनुभयो । वडा अध्यक्ष नवराज लामिछानेलाई तीन दिन अगाडी कोरोना पोजेटिभ देखिएको थियो । अहिले उहाँ होमआईसोलेसनमा हुनुहुन्छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस