तुलसीपुरमा आज मात्रै ३ जना कोरोना संक्रमितको ज्यान गयो , थप ६३ जनामा संक्रमण पुष्टि


बैशाख १४, २०७८


दाङ। तुलसीपुरमा मंगलवार थप ३ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

ad

बाँकेको भेरी अस्पताल नेपालगञ्जमा २ जना र तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा १ जना गरि ३ जनाको ज्यान गएको तुलसीपुर उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए । केसीका अनुसार ज्यान जाने तुलसीपुर ६ की ३७ बर्षीया महिला र तुलसीपुर ७ का ३१ बर्षीय पुरुष त्यस्तै तुलसीपुर ५ का २८ बर्षीय पुरुष रहेका छन। वडा नं. ७ का ३१ बर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा र तुलसीपुर ६ की ३७ बर्षीया महिलाको भेरी अस्पतालमै ज्यान गएको हो । त्यस्तै तुलसीपुर ५ का एक २८ बर्षीय पुरुषको राप्ती प्रादेशिक अस्पतालमा ज्यान गएको हो ।

ad

यो संगै तुलसीपुरमा हाल सम्म कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३० पुगेको छ। तुलसीपुर उपमहानगरपालिका भित्र आज मात्रै ६३ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै तुलसीपुर सक्रिय संक्रमितको संख्या ४०२ पुगेको छ । केसीका अनुसार हाल सम्म कोरोना संक्रमित १२६९ पुगेको र ति मध्य ८५७ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="