दाङ। दाङमा कोरोना संक्रमित बढ्दै गएको भन्दै शुक्रबार बिहानै देखि लकडाउन गरिएको छ । दाङका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा घोराहीमा बसेको सरोकारवालाहरुको बैठकले लकडाउन गर्ने निर्णय गरेको थियो ।
बैठकले यहि बैशाख १७ गते विहान ६ बजेदेखी २५ गते बेलुकी ६ बजे सम्म लकडाउन गर्ने निर्णय गरेको हो । जिल्ला संकट कोभिड व्यवस्थापन केन्द्रको घोराहीमा बसेको बैठकले लकडाउनको अवधिमा के के गर्न पाइने के गर्न नपाईन भन्दै सार्वजनिक सूचना समेत जारी गरेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस