दाङ। दाङको घोराही–तुलसीपुर सडक खण्डको पत्रेखोलमा दुई दिन आवागमन बन्द हुने भएको छ ।
पत्रेखोलाको कच्वेमा खाल्डो परेकाले उक्त खाल्डो पुर्नकालागि कंक्रिट हाल्नु पर्ने भएकाले दुई दिन आवागमन बन्द गरिएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकरी दिनुभयो ।
कुरुम्बाङका अनुसार यहि असार २० गते आईतबार विहान ८ बजेदेखि असार २२ गते मंगलबार बेलुका ८ बजेसम्म आवागमन बन्दहुनेछ । उक्त खोलामा पुल निर्माणमा ढिलाई हुदा केही समय देखि आवागमन समस्या हुँदै आएको छ ।
कच्वेमा परेको खाल्डा खुल्डिले बर्खामा सो सडक भयर ओहोरदोहोर गर्ने यातायात संगै यात्रीले दुःख भोग्दै आइरहेकोछन ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस