कपिल लामिछाने, दाङ। चौधरी समुदायमा सानैदेखि अरूको घरमा काम गर्दै जिविकोपार्जन गर्दै आईरहेका तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का ठोकु चौधरीले ७० बर्ष पछि नेपाली नागरिकता प्राप्त गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं १८ मा स्थायी रुपमा बसोबास गरिरहेका घुघुराम चौधरी तथा आमा डुरी चौधरीका जेष्ठ छोरा ठोकु चौधरी बाबुआमा दुबैको मृत्यु पश्चात एक्लै अरुको घरमा काम गर्दै दैनिकी चलाईरहेका थिए । प्रष्ट सँग बोल्न नसक्ने र प्रष्ट सँग सुन्न नसक्ने चौधरी वडामा आई आफ्नो पिडा सुनाएपछि वडाले उनको नागरिकता बनाउनका लागी काम अघि बढाएको थियो ।
२ दिन लगाएर बल्लबल्ल उनका भाई धनिया चौधरीलाई फेला पारेपछि त्यस क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुले चौधरी घुघुराम चौधरीको नै छोरा भएको र हालसम्म नागरिकता नबनाएको भन्दै सर्जिमिन मुचुल्कामा सहि छाप गरेपछि पुन: हेमन्तपुर प्रहरी चौकीको प्रहरी सर्जिमिन मुचुल्का तयार गरि चौधरीका भाईलाई साँक्षीमा राखी नागरिकताको सिफारिस पठाएको वडा सदस्य धन बहादुर बस्नेतले जानकारी दिनुभयो ।
नागरिकता बनेको अर्को दिन आफ्नी बहिनीको साथमा लिएर वडामा सामाजिक सुरक्षा भत्ता दाखिला गर्न आएका चौधरीले वडा अध्यक्षलाई भेटि आफुले नागरिकता पाएको र एकदम खुसी भएको कुरा ब्यक्त गरेका थिए । चौधरीले “शरिर ७० बर्षको भईसक्यो अब काम गर्ने शक्ती छैन् बल्लतल्ल वडा नं १८ को सहयोगमा नागरिकता पाएको छु अब सरकारले दिने भत्ताले नै मेरो दैनिकी चल्नेछ भन्दै” वडालाई धन्यवाद दिए ।
बाबुआमा दुबै गुमाईसकेका चौधरीलाई सुससुमाउदै वडा अध्यक्ष माधव वलीले तपाईहरु जस्तैका लागी हामीहरु भएको भन्दै अब सरकारले तपाईको दैनिकी गुजाराका लागी भत्ताको ब्यबस्था गरिदिने भन्दै चौधरीको खुसी जस्तै सबै वडाबासीहरुको मुहारमा खुसी ल्याउन आफुले काम गरिरहेको बताउनुभयो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस