after_navbar

दाङमा खोलाले कार बगाउँदा ४ जनाको ज्यान गयो , चालक गम्भीर घाइते


भदौ १७, २०७८


दाङ। दाङमा खोलाले कार बगाउँदा चार जनाको ज्यान गएको छ भने चालक गम्भीर घाइते छन्।

घोराही उपमहानगरपालिका वडा नम्बर ४ स्थित सिस्ने खोलामा आएको बाढीले ३–०१–०२४ च ४४४० नम्बरको कार गए राति करिब ११ बजेतिर बगाएको थियो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेका अनुसार खोलाले कार बगाउँदा घोराही उपमहानगर १३ की ४० वर्षीया रितामाया पुन, सोही ठाउँकी ३५ वर्षीया सुशीला श्रेष्ठ, घोराही १५ की ३३ वर्षीया राधा कुँवर, सोही ठाउँकी ४३ वर्षीया बिमला केसीको ज्यान गयको हो।

कारका चालक घोराही १३ का ४३ वर्षीय नरबहादुर पुन गम्भीर घाइते छन्। उनको दायाँ खुट्टा, ढाड र बायाँ हातमा चोट लागेको छ। उनको घोराहीमै उपचार भइरहेको छ ।

शवलाई पोस्टमार्टमका लागि राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="