दाङ , कपिल लामिछाने।
परम्परागत पेशालाई संरक्षण गर्नका लागी तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले यस वडामा लामो समयदेखि आरन सम्बन्धी काम गर्दै आईरहनु भएका बिर बहादुर बि.क, र खिम बहादुर कामीलाई आज वडा कार्यालयमा बोलाई आधुनिक आरन सामाग्री बितरण गरेको छ ।
यस अघि पनि तुलसीपुर १८ ले देब बहादुर बि.कलाई आरन बितरण गरिसकेको वडा अध्यक्ष माधव वलीले जानकारी दिनुभयो । वडा अध्यक्ष वलीले पशु सुत्केरी भत्ता, असाहय बालबालीकाहरुलाई सहयोग, दलित बिपन्न परिवारका बालबालीकाहरुलाई उच्च शिक्षामा सहयोग गर्दै आईरहेको बताउदै तुलसीपुर-१८ ले वडाबासीहरुको जिवन यापनलाई सहज बनाउनका लागी जनस्तरमा सुझाब संकलन गर्दै जनताका माग अनुसारको काम गरिरहेको बताउनुभयो । साथै उहाँले परम्परागत पेशालाई संरक्षण गर्ने वडाको दायित्व भएका कारण आरन वितरण गरि उहाँहरुको आर्थिक उन्नति होस् भन्ने उदेश्यले वडाले यो किसिमको योजना बनाएरको र आगामी दिनहरुमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताउनुभयो ।
सोहि अवसरमा वडाले अब केहि दिनमा पुनः ईलेक्ट्रिकल आरन समेत खरिद गरि वितरण गर्ने वडा सचिव रामकुमारी मरासिनीले बताउनुभयो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस