झुलेनीको न्यानो कपडा वितरण


मङि्सर २७, २०८०


तुलसीपुर,२७ मंसिर । झुलेनी सेवा समाज नेपाल दाङले न्यानो कपडा वितरण गरेको छ  ।सेवा समाजले तुलसीपुर उपमहानगरपालिका वडा नं १२  टरिगैंमा  रहेको जनमुखी प्राविमा अध्ययनरत बालबालिकाहरुलाइ न्यानो कपडा वितरण गरेको हो  । 

बुधबार झुलेनी समाजले  एक कार्यक्रमका बिच शिशु कक्षा देखि कक्षा ४ सम्म  अध्ययनरत  ८१ जना बालबालिकाहरुलाई न्यानो कपडा उपलब्ध गराएको हो । चिसोका कारण बालबालिकाहरुको पढाइ प्रभावित भएको भन्दै समाजले उनीहरुलाई कपडा उपलब्ध गराएको हो ।

कार्यक्रममा सहभागी सरोकारवालाले सरकारले उक्त विद्यालयप्रती नजरअन्दाज गरेको भन्दै गुनासो गरे। उनिहरुले विद्यालयको भौतिक र शैक्षिक अवस्था दयनीय बन्दै जांदापनी सरकारले कुनै चासो नदेखाएको बताए।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले  बालबालिकाको शैक्षिक प्रगतिमा अभिभावक र शिक्षकको भुमिका सबैभन्दा बढी रहने बताइन।  बिद्यालयलाई स्थानीय सरकारले नजर अन्दाज नगरेको भन्दै गतवर्षको तुलनामा यसवर्ष बिद्यार्थिको संख्या बढेको  बताइन्  ।

विद्यालयको अवस्था सुधारका लागि हरेक निकायले चासो लिन र जिम्मेवारी बहन गर्न आवश्यक रहेको उल्लेख गरिन।श्रोतसाधन हुदाहुदैपनी सरकारी विद्यालयहरु खस्केको भन्दै उनले यसतर्फ अभिभावक र शिक्षकहरु थप जिम्मेवार बन्न आग्रह गरिन्।
जबसम्म विद्यार्थी,अभिभावक र  शिक्षक जिम्मेवार बन्न सक्दैनन तवसम्म  सरकारी विद्यालयहरुको अवस्थामा सुधार नआउने बताइन् । विद्यार्थी संख्याका आधारमा नभइ बिद्यार्थीहरुको आवश्यकता  आधारमा शैक्षिक गतिविधि संचालन गर्न जरुरी रहेको उल्लेख गरिन । सामुदायिक विद्यालयतर्फ सकारात्मक हुन पनि सबैमा अनुरोध गरिन।

कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष खुशीराम चौधरीले सरकारले गर्ने काम झुलेनी सेवा समाजले गरेको भन्दै आभार समेत प्रकट गरे ।  अभिभावक र शिक्षकले थप जिम्मेवार बोध गर्न सकुन भन्ने उदेश्यले यो कार्यक्रम गरिएको उनले बताए। धेरै समस्याहरुबाट गुज्रिएको विद्यालयको भौतिक र शैक्षिक अवस्था सुधारको विषय चिन्ताको विषय भएको बताए  । उनले आगामी नगर सभामा बिद्यालयको लागि बजेट बिनियोजनको प्रस्ताव लिएर जाने प्रतिवद्दता व्यक्त गरे। विद्यालयलाई बालमैत्री बनाएर जानुपर्ने आवश्यकता रहेकाले यसतर्फ जिम्मेवार भएर जाने बताए।

कक्षा ४ मा अध्ययनरत कबिता नेपाली र डम्बर बिकले गाएको  राष्ट्रिय गितबाट कार्यक्रमको उद्घाटन गरिएको थियो ।

विषयबस्तुमाथी प्रकाश पार्दै समाजका उपाध्यक्ष शुरज भण्डारीले समाजमा केही गरौं भन्ने उदेश्यले संस्था स्थापना भएको बताएम संस्थाले निरन्तर सामाजिक सेवामा लागिरहेको बताए । विद्यालयमा अध्य्यनरत बालबालिकाहरु चिसोका कारण प्रभावित भएको भन्दै संस्थाले न्यानो कपडा वितरण गरेको उनको भनाइ थियो  । देशको  ब्यबस्था परिवर्तन  भएपनी विद्यालयको अवस्था अझै दयनीय बन्दै गएकोप्रती उनले चिन्ता व्यक्त गरे। संरचनाहरु प्रतिदिन  जिर्ण बन्दै गएकाले विद्यालयको अवस्था परिवर्तन गराउन सबैले सहयोग र हातेमालो गर्न अनुरोध गरे  ।

समाजका शिक्षा विभाग उपसमितिका संयोजक बिष्णुप्रसाद भण्डारीले विद्यार्थिहरुको पढाइमा सहयोग पुगोस भन्ने उदेश्यले सक्दो सहयोग गरिएको उनले बताए । बालबालिकाको शैक्षिक अवस्था सुधारका लागि शिक्षक र अभिभावकको महत्त्वपूर्ण भुमिका रहने भएकाले यसतर्फ हातेमालो गर्दै जानुपर्ने बताए।

संस्थाका अध्यक्ष गोबिन्दराज भण्डारीको अध्यक्षता एवम्  तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो ।

कार्यक्रम विद्यालय व्यबस्थापन समितीकाअध्यक्ष  बिसर्जन राहुमगर , बिद्यालयका प्रधानाध्यापक लिलाधर खड्का  , झुलेनी सेवा समाज नेपालका जिल्ला अध्यक्ष,केन्द्रीय सदस्य, अभिभावक अगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण सह-सचिव नारायण भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="