दाङ, २२ पुस ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङले ३३ ओैँ स्थापना दिवसका अवसरमा सहायक प्रधानाध्यापक र काेअर्डिनेटरलाई नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिएकाे छ ।
दाङकाे घाेराहीमा एक कार्यक्रमकाे आयोजना गरी प्याब्सन दाङले सहायक प्रधानाध्यापक र काेअर्डिनेटरहरूका लागि नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिएकाे हाे ।
कार्यक्रममा प्याब्सन केन्द्रीय सचिव तथा शैक्षिक अभियन्ता यादव गिरीले तपाईंले नेतृत्व गरेकाे बाटाेकाे पुन: कल्प
ना’ कमल सिलवालले ‘सन्चारको शक्ति ‘ , डिआर भण्डारीले ‘नेतृत्व´ र निमानन्द गैरेले
‘शैक्षिक सुधारमा सहायक प्रधानाध्यापककाे भूमिका´ विषयमा प्रशिक्षण दिएका थिए ।
प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसीकाे अध्यक्षता तथा केन्द्रीय सचिव यादव गिरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमकाे सहजीकरण प्याब्सन दाङका उपाध्यक्ष एवम् तालिम संयाेजक राजु यादवले गरेका थिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस