कैलाली,७ माघ । विश्वमै दुर्लभ वन्यजन्तुमा पर्ने पाटेबाघ मृत फेला परेको छ । कैलालीको जानकी गाउँपालिका ९ स्थित सामुदायिक पाटेबाघ वनभित्र मृत फेला परेको सब डिभिजन वन कार्यालय लम्कीका प्रमुख शेरबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार सिकारीले थापेको काँडेतारको पासोमा परेर पोथी पाटेबाघ मृत फेला परेको देखिएको हो । सामुदायिक वनमा घाँस दाउरा गर्न गएका महिलाहरूले पाटेबाघ मृत अवस्थामा फेला पारेका थिए ।
घाँस काट्न गएका महिलाहरुले खबर गरेपछि घटनास्थल पुग्दा झण्डै १७ वर्ष उमेरको पोथी पाटेबाघ मृत फेला परेको प्रमुख भण्डारीले बताए । काँडेतारको पासो बाघको घाँटीमा परेकाले मरेको हो, उनले भने केही दिनअघि नै पासोमा परेको घटनास्थलबाट देखिन्छ ।’
बाघ संरक्षणका लागि विश्वव्यापी रुपमै चुनौति बढिरहेका बेला पाटेबाघ मृत फेला पर्नुले संरक्षणमा चुनौति थपिएको भण्डारीले बताए । उक्त सामुदायिक वनमा निलगाइ,बाघलगायतका जनावरहरु पाउने गरेका छन् । कर्णाली नदीको पारीतर्फ रहेको बर्दिया राष्टिय निकुञ्ज र चुरे क्षेत्रको वनसँग सीमाना जोडिएको क्षेत्रबाट जंगली जनावरहरु ओहोरदोहोर गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस