काठमाडौँ, ७ माघ । माध्यमिक शिक्षा (एसईई) परीक्षा आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ।
आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा संचालन मिति तय गरेको अध्यक्ष महाश्रम शर्माले बताए ।
चैत ११ र १२ गते होली पर्व रहेको छ। त्यसैले होलीपछि परीक्षा गर्न लागिएको अध्यक्ष शर्माले बताए ।
बोर्डको वार्षिक कार्यतालिका अनुसार चैतको पहिलो साताबाट परीक्षा गर्न भन्ने थियो । तर, होली पर्वका कारण परीक्षा मिति सार्नुपरेको हो उनिले भने ।
यो वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् । तीमध्ये २ लाख ४६ हजार चार छात्र र २ लाख ४३ हजार ४४० छात्राले रजिष्ट्रेसन फाराम भरेका छन् । परीक्षामा प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस